साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफूलाई चिन

अनि आफूले आफैलाई नचिन्ने र अरुलाई आफूलाई चिन्नुपर्छ भनेर अरुलाई उपदेश दिने।खोई अध्यक्षता गर्नेलाई अन्तमा मन्तब्य सहित धन्यबाद दिन भनेको ? यो के तरिका हो महाशय ?

Nepal Telecom ad

राम विनय :

सँधैको जस्तै आज पनि आचार्य गुरुले आजको प्रबचनमा देबी भागवतको चर्चा गर्नु भयो । गुरु आमाहरूले भरखरै भजन सिद्धाएका थिए ।

“ओमनमो भगवते बासुदेवाय।” बाट गुरुको प्रबचन प्रारम्भ भयो । त्यतिबेला सम्म त्यस कार्यक्रमका मेनेजर त्यहाँ आएको थिएन । कार्यक्रम कार्यबाहक सभापतिको सभापतित्वबाट प्रारम्भ भएको, अतिथिहरूलाई आसन ग्रहण गराई उदघोषक लाली मायाले कार्यक्रम प्रारम्भ गरि थिइन । कार्यक्रमको उदघाटन प्रमुख अतिथि गुरुबाट पानसमा बत्ति बालेर र गमलाको बिरुवामा सिँचन गरेर भयो । कार्यबाहक सभापतिले गुरुलाई खादा लगाएर सम्मान गरेको थियो । त्यतिबेलासम्म मेनेजरको केही अत्तोपत्तो थिएन । पछि बिचमा त्यो मेनेजर टुप्लुक्क आईपुग्यो । ऊ एकछेउमा बस्यो । उसलाई कार्यक्रम कसरी चलेको छ,कसको सभापतित्वमा त्यो कार्यक्रम चलेका छ,कसले चलाएको छ भन्ने बारेमा केही पनि थाहा थिएन । उसले कसैसँग केही सोधखोज पनि गरेन । पहिले उदघोषण गर्ने लालमाया पनि त्यसपछि कसैलाई जानकारीसम्म नदिएर कता हरायो हरायो? अत्तोपत्तो भएन ।

आचार्य गुरुको प्रवचनलाई सबै श्रोतागणहरूले ध्यानपूर्वक सुनिरहेका थिए । त्यसैबेला मेनेजर बल्ल आईपुग्यो ।
प्रवचनको सिलसिलामा गुरुबाट आज्ञा भयो “हे श्रोताबृन्द,एकपटक कुबेर महाराजलाई आफ्‌नो धनसम्पत्तिको खुबै घमण्ड चढेछ । उसलाई भएभरका देबी देबताहरूलाई भोजभतेर गराउने ईच्छा भएछ । कुबेर महाराज सबभन्दा पहिला कैलासकुटीमा पुगेछ । शंकर भगवानलाई बिन्ती बिसाएछ—“हे प्रभु,म तपाई,तपाईंका सम्पूर्ण परिवार, सन्तान दरसन्तान, तपाईंका बाहानहरू, नन्दी, भिरङ्गीहरू सबैलाई म भोजभतेर गराउँछु । तपार्इंहरू सबैजना पाल्नु होला ।”
शंकर भगवानले पनि मर्जि भएछ—“हे कुबेर महाराज, हामी सबै तपाईको भोजभतेरमा जानुपर्दैन । हामीले हाम्रा गण्ोशलाई पठाउँछौ ।उसैलाई भोजन गराउनु होला ।”

त्यसपछि कुबेर पनि ढुक्कसँग फर्केछन् । भोजनको दिनमा गणेश आएछ । कुबेर पनि खुब खुसी भएछन् । गणेश भगबानलाई मिठा मिष्ठान्नका भोजन गराउन थालेछन् । गणेशले भोजन गर्दागर्दा यति धेरै भोजन गरेछ कि भण्डारमा भएभरको भोजनका खाद्य सामाग्रीहरू सबै सकिएछ ।

यसरी महादेबले कुबेरको घमण्ड तोडेको चर्चा भै रहेको थियो । ढिलो आएका मेनेजरले आचार्य गुरुको पहिलेको चर्चा सुनेको थिएन । ऊ आएको बेलामा गणेशले भोजन गरेको चर्चा उसले सुन्न पाएको थियो । कार्यक्रमको बिचमा आएकोले उसले कार्यक्रम कसले चलाएको, कसले अध्यक्षता गरेको, कसले प्रबचन दिएको भन्ने केही पनि वास्ता गरेको थिएन ।

प्रबचन सकिएपछि मेनेजर उदघोषण गर्ने सिधा माईक राखेको ठाउँमा उभिन गयो र बोल्न थाल्यो— हामी सबैले सबभन्दा पहिले आफूलाई चिन्न सक्नुपर्छ । मेनेजरले आचार्य गुरुले कुबेरले भोजन गराएको कुरासम्म सुन्न भ्याएको रहेछ । उसको पालो ऊ पनि के कम ? टिप्पणी गर्न थालि हाल्यो । आज हामीहरूले गुरुबाट कुबेरले गणेशलाई भोजन गराएको र भण्डार रित्याएको बारेमा थाहा पायौँ । भोजमा गएका गणेशले त्यसरी भण्डारनै रित्तिने गरी भोजन गर्न हुन्नथ्यो नि । यो त महादेब पार्बती पुत्र गणेशले अति गरेको हो । त्यसरी कुबेरको बेइज्जती गर्नुहुन्नथ्यो । यो गणेशले आफूले आफैलाई नचिन्नु हो, ल भन्नोस् त गुरु, यो अत्याचार हो नि गणेशका, कि कसो ?

गुरुले पनि मुसुमुसु हाँसेर भन्दाभए—“हे मनेजर साप,तपाईंले कुरा बुझनु भएन । यो त कुबेरको घमण्ड तोडेको हो । कुबेरले आफूले आफैलाई नचिनेको हो ।”

“ए हो र भन्या, मलाई त मन परेन, अरुको घरमा गएर त्यसरी भएभरको खानाको भण्डार रित्याउनु हुन्नथ्यो नि भन्या ।”— मनेजरको गनगनको कुरा दर्शकदीर्घामा भएका सबैले सुनिरहेका थिए । त्यस दर्शक दिर्घाबाट एकजना भलादमीले शान्त स्वरमा बोले— “ए मनेजर साप, एक त तपाईं कार्यक्रम चलाउने मानिस ढिला आउने । कार्यक्रम कसरी चलेको छ भनेर थाहा नपाउने । साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भने जस्तै तपाईंले सँधै एकै किसिमले शोच्ने र काम गर्ने, अनि आफूले आफैलाई नचिन्ने र अरुलाई आफूलाई चिन्नुपर्छ भनेर अरुलाई उपदेश दिने।खोई अध्यक्षता गर्नेलाई अन्तमा मन्तब्य सहित धन्यबाद दिन भनेको ? यो के तरिका हो महाशय ?”

मनेजर माईकनेर उभिएर जिल्ल परेर बसेको थियो र भन्यो— “ए हो र भन्या ? ल जेसुकै होश, आजको कार्यक्रममा हामीले आफूलाई चिने पनि नचिने पनि यो आजको कार्यक्रम सकिएको सूचना गर्छु है ? पछि पछि जे जे गर्न पर्ने हो गरौला है ?”

सबै गलल हाँसेर उठे र आआफ्‌नो बाटो लागे । मनेजर सबै उठेर गएको जिल्ल परेर हेरिरहेको थियो ।

०००
२०८२।१०।५
कुलेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x