साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ङिच्च परेको त्यसको दाँत

चैतको चम्किलो घाम भएर ङिच्च दाँत पारेर हाँस्यो आफैलाई बिर्सेर उसको पछि पछि लुरुलुरू हिंडिरह्यो । अब हेर्नु छ उसको स्वामीभक्ति र स्वामीको तथास्तु अनि फेरि उसको ङिच्च परेको दाँत ।

Nepal Telecom ad

रामविनय :

उसलाई देखेर
नयाँ स्वामी ठानेर
त्यो जुरुक्क उठ्यो
ङिच्च दाँत देखाएर हाँस्यो ।

स्वाभिमानिताको फूल कुल्चेर
लहरा भै लत्रियो
लाचारी मुख खोल्यो
निरीह वाणि बर्सायो
प्रभु करूणानिधान
म त परजीवी किरा
पाउको धुलो
रूखमा बेरिने लहरा
ढिलै भए पनि
शरणमा आएको छु
चरणमा चरेको छु
पुराना मालिकको लासको किरा (जुम्रा)
म नयाँ रसको खोजीमा पसेको छु म ।

बेसहारा बबुरा त्यो
उसको पछि पछि लाग्यो त्यो
चाकरी चाप्लुसीको
दौड प्रतियोगितामा (प्रतिस्पर्धामा)
आफ्‌नो नाम दर्ता गरायो
नारायणहिटीबाट हिँडिसकेको चालचलनलाई
ज्यान फालेर जोगाउन तल्लिन भयो त्यो
खेलको गोटी बन्ने खेलमा त्यो
सामेल भयो
स्वस्तिवाचक खरानीको टीका लगाएर त्यो।

त्यसले भरखरैको उज्यालोलाई
मुठ्ठिमा बन्द गर्न खोज्यो
आफू भित्र सम्पूर्ण प्रतिगामी श्ताेत्र जोगाएर
पूर्णिमाको जूनको उज्यालोलाई
हत्केलाले छोप्न खोज्यो ।

उसलाई नयाँ मालिक ठानेर
जुरुक्क उठ्यो
चैतको चम्किलो घाम भएर
ङिच्च दाँत पारेर हाँस्यो
आफैलाई बिर्सेर
उसको पछि पछि
लुरुलुरू हिंडिरह्यो ।
अब हेर्नु छ
उसको स्वामीभक्ति
र स्वामीको तथास्तु
अनि फेरि उसको
ङिच्च परेको दाँत ।

०००
कुलेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x