साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संगतकाे फल

त्यसैको डढेलोको अपमानित झोँकमा तिमीहरु झोस्सियौ । नराम्ररी भासमा भास्सियौ । तिमीहरुले खनेको खाल्टोमा तिमीहरु आफै पर्यौ ।

Nepal Telecom ad

राम विनय :

बाउबाजेहरुले त भनेकै थियो —
“नानी,बाबु,तिमीहरुले
गतिलाको संगत गर है,
ती अगतिला र गतिछाडाहरुको संगतले
तिमीहरु बिग्रिनेछौ ।”
तिमीहरुले मानेनौ
नभन्दै अहिले साँच्चिनै
तिमीहरु नराम्रोसँग बिग्रियौ ।

खुसियालीको कोशेली
स्वीकार्ने नाममा,
जानी नजानी तिमीले
अजिँगरका घोशेली,
दुर्गन्धित दानापानीको
दुनो सोझ्याउने
बाटो रोज्यौ ।
त्यहि दानापानीमा दुबेर
तिमीहरुले सम्पूर्ण जनमनहरुको
चित्त दुखायौ ।
झुसिलाे डकार डकार्यौ ।
भएभरका
आस्थाका ज्योतिहरुलाई
निमोठेर फालि दियौ,
व्यवस्थित चालचलनलाई
बिचलित पारेर
दुर्गन्धित आचरणमा हुर्कायौ ।

तिम्रो जगको जनाधार त
स्वाभिमानी र स्वाबलम्बी थियो,
जनसेवी, विवेकी र
आत्मविश्वाशी थियो ।
यसरी तिमी कसरी
गतिछाडा भयौ ?
किन अभिमानी,बेइमानी
दम्भी र पराबलम्बी भयौ ?

जनसागरको पानीका
थोपा थोपाहरुले तिम्रा विकृति,  विसंगतिका
टहराहरुमा जमेर बास बसेका
बेतुकका कर्तुतहरुका
एकएक हिसाब किताबहरु
आआफ्नै मनभित्रै राखेकै थिए ।
तिमीहरुलाई अत्तापत्ता भएन
आँखा भएर पनि
दुर्योधन, दुशासनको
मोहजालमा परेर
कसरी तिमीहरु धृतराष्ट बन्यौ ?
—त्यसैको बितृष्णा,
अनास्था र घृणाको,
आक्रोसित आगो सल्कियो
तिमीहरुकै धरातलमा
आगोको ज्वाला रन्कियो ।
डढेलो दन्कियो ।
त्यसैको डढेलोको
अपमानित झोँकमा
तिमीहरु झोस्सियौ ।
नराम्ररी भासमा भास्सियौ ।
तिमीहरुले खनेको खाल्टोमा
तिमीहरु आफै पर्यौ ।
बेतुकका बेतुकहरुलाई
स्वस्तिबाचनको
मन्त्रोयाचरण गराएर
कसैले धमिलो पानीमा
माछा मारेको अनि
तिम्रो बिरोधमा फैलाइएको घृणा, द्वेषको
एकाेहोराइ, मोहनी मन्त्रको आगो सल्केको
तिमीले चालै पाएनौ ।

जनसागर भेलको प्रवाहमा प्रवाहित हुन नसकेका तिमी
त्यहि प्रवाहले छोडेको नदीकिनारको
सुख्खा बगरको लेउ हराएको
सुख्खा ढुङ्गा बनेका तिमी ।
उठनै नसक्ने गरी
कसरी सबैतिरबाट
अलगथलग भयौ तिमीहरु ?
तिरस्कृत भएर
कसरी बेस्सरी थला पर्यौ ?
कसैलार्ई पनि
दोष नदिएर
आफैलाई होशमा लिएर
के तिमीहरु आफै
प्रफुल्लित स्वास फेर्ने
आँट गर्न सक्छौ ?
बाउबाजेको अर्तीबुद्धिलाई सम्झेर
संगतको फल कस्तो हुन्छ भनेर ?

०००
२०८३असार ५
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x