रामविनयजीवनको जिउने बाटो
बाँचुन्जेल आनन्दले बाँच्ने हो, समय आएपछि आनन्दले मर्ने हो । जन्मोत्सव जस्तै मृत्योत्सव मनाएर जगत साराबाट बिदा हुने हो । बाँचुन्जेल सच्चामानव भएर बाँच्ने हो ।

राम विनय :
०उसको कविता छापिएको
दश बर्षपछि म जन्मिएको ।
उसलाई जितेर म अघि बढेको,
कसैले पत्याउँछ कि पत्याउदैन ?
उसले मलाई गुरु भनेर सम्बोधन गरेको,
उसको मिठो बोलीले म भुतुक्क भएको होइन
धमरधुस भै मख्खै परेको ।
०ऊ एकाशी वर्षमा हिँड्छ,
युवाशानमा कुद्छ,
हामी छक्क परेर उसलाई हेर्छौं ।
उसको फुर्तिलो उर्जा देखेर मख्ख पर्छौं ।
०सक्रियताको प्रवाहमा ऊ तरँगित भैरहन्छ,
भन्छ ऊ— “म तिमीहरुबाट सिकिरहेको छु ।
तिमीहरुको उर्जाले म आफैै उर्जाशील भैरहेछु ।”
हामी सबै सहयात्राको अभियानमा छाँै ।
हातेमालो गर्दै हामी निरन्तर अगाडि बढिरहेका छौँ ।
०यो जीवनको अपूर्व समीभित्र
जति सकिन्छ आनन्दले बाँच्ने हो ।
धरती माताको कर्जा तिर्ने हो ।
आकाश पिताको उर्जा भिर्ने हो ।
०बाँचुन्जेल आनन्दले बाँच्ने हो,
समय आएपछि आनन्दले मर्ने हो ।
जन्मोत्सव जस्तै मृत्योत्सव मनाएर
जगत साराबाट बिदा हुने हो ।
बाँचुन्जेल सच्चामानव भएर बाँच्ने हो ।
०००
२०८१।११।०४
कुलेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































