साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवनको जिउने बाटो

बाँचुन्जेल आनन्दले बाँच्ने हो, समय आएपछि आनन्दले मर्ने हो । जन्मोत्सव जस्तै मृत्योत्सव मनाएर जगत साराबाट बिदा हुने हो । बाँचुन्जेल सच्चामानव भएर बाँच्ने हो ।

Nepal Telecom ad

राम विनय :

०उसको कविता छापिएको
दश बर्षपछि म जन्मिएको ।
उसलाई जितेर म अघि बढेको,
कसैले पत्याउँछ कि पत्याउदैन ?
उसले मलाई गुरु भनेर सम्बोधन गरेको,
उसको मिठो बोलीले म भुतुक्क भएको होइन
धमरधुस भै मख्खै परेको ।

०ऊ एकाशी वर्षमा हिँड्छ,
युवाशानमा कुद्छ,
हामी छक्क परेर उसलाई हेर्छौं ।
उसको फुर्तिलो उर्जा देखेर मख्ख पर्छौं ।

०सक्रियताको प्रवाहमा ऊ तरँगित भैरहन्छ,
भन्छ ऊ— “म तिमीहरुबाट सिकिरहेको छु ।
तिमीहरुको उर्जाले म आफैै उर्जाशील भैरहेछु ।”
हामी सबै सहयात्राको अभियानमा छाँै ।
हातेमालो गर्दै हामी निरन्तर अगाडि बढिरहेका छौँ ।

०यो जीवनको अपूर्व समीभित्र
जति सकिन्छ आनन्दले बाँच्ने हो ।
धरती माताको कर्जा तिर्ने हो ।
आकाश पिताको उर्जा भिर्ने हो ।

०बाँचुन्जेल आनन्दले बाँच्ने हो,
समय आएपछि आनन्दले मर्ने हो ।
जन्मोत्सव जस्तै मृत्योत्सव मनाएर
जगत साराबाट बिदा हुने हो ।
बाँचुन्जेल सच्चामानव भएर बाँच्ने हो ।

०००
२०८१।११।०४
कुलेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x