साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् राष्ट्रका गौरव

जस्ले सङ्कट देशको र जनको टारे भगाए कति सेवामा परिवार देश जनको ऊर्जा लगाए अति गाऔँ आज सबै मिलेर यिनकै लौ वृद्ध गाथा अब पाका मानिस ओजिला निधि ठुला हुन् राष्ट्रका गौरव॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

जो छन् देश विकासका लहरमा छन् पूज्य प्यारा सब
गर्छन् जो हित देशको र जनको सच्चा तिनै हुन् रब
शङ्का छैन म गर्छु आज तिनको भारी प्रसंशा अब
पाका मानिस ओजिला निधि ठुला हुन् राष्ट्रका गौरव॥१

यी हुन् चालक देश हाँक्न कसिने उत्सर्गका साथमा
बोक्ने शिल्प कला अनेक रङका छन् पौरखी हातमा
जो छन् चेतनका धनी सकलमा सद्बुद्धि भर्छन् तब
पाका मानिस ओजिला निधि ठुला हुन् राष्ट्रका गौरव॥२

तानेको जसले गृहस्थ रथ यो वर्षौ भयो सानले
पाकेको जसको छ केश बहुतै सत्कर्मले ज्ञानले
ज्ञानी हुन् गुरु ज्ञानका र सिपका छर्ने प्रभा सौरभ
पाका मानिस ओजिला निधि ठुला हुन् राष्ट्रका गौरव॥३

खप्दै ठक्कर बारबार पथमा उद्देश्य चुम्दै गए
खाएतुल्य खली प्रशोधितबनी अत्यन्त चोखा भए
चिल्ला पत्थरझैँ ठुला जलधिका मोती बनेका सब
पाका मानिस ओजिला निधि ठुला हुन् राष्ट्रका गौरव॥४

जस्ले सङ्कट देशको र जनको टारे भगाए कति
सेवामा परिवार देश जनको ऊर्जा लगाए अति
गाऔँ आज सबै मिलेर यिनकै लौ वृद्ध गाथा अब
पाका मानिस ओजिला निधि ठुला हुन् राष्ट्रका गौरव॥५

०००
चा. ना. पा. ३ दुबुलाँपू, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x