साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो पनि हुन्छ

अभिभावक हत्त न पत्त जुरुक्कै उठी भन्छन्, रिपोर्टर महोदय कृपया यस्तो कुरो फेसबुकमा अपलोड नगरिदिनुहोला । स्कूल सँगसँगै सबै बदनाम हुन्छन् ।

Nepal Telecom ad

कृष्ण प्रधान :

न्याटुरे, कलटुरे, फुटुरे…….

उबेला पहाड तथा मधेसका प्रायःजसो स्कूलहरूमा हिन्दी सरले जानी नजानी नेपाली भाषा प्रयोग गरी पढाउँथे भने बङ्गाली सर-गुरुआमाहरूले पनि कनीकुथी नेपाली भाषामै हिसाब र विज्ञान विषय विषय पढाउँथे । हिसाब पढाउने सरले ता सेभेनलाई सेभुन भन्थे यसैले हिसाब पढाउने सरलाई हामी ठिटौले विद्यार्थीहरूले ‘सेभुन’ नाम राखिदिएका थियौँ ।

त्यसरी नै भूगोल पढाउने बङ्गाली सरले Gangetic plain (गङ्गाको समतल) शब्द गेङ्गेटिक प्लेन भनी उच्चारण गर्थे । उनको नामै हामीले ‘गेङ्गेटिक’ राखिदिएका थियौँ । अहिले पनि उबेलाका सहपाठीहरूसित भेट हुँदा हामी भन्ने गर्दछौँ, एई गेङ्गेटिक सर कहाँ होलान् हई ?

हिन्दीभाषी तर अङ्ग्रेजी पढाउने सरले काल (tense) पढाउँदा भन्थे, दियार आर थ्री काण्डस् अफ टेन्स… प्रेजेण्ट, पाष्ट एण्ड फुटुरे (future) टेन्स । उनको नाम पनि फुटुरे नै हाम्रो जिब्रामा दर्ता भयो । फुटुरे सरको खास नाम अहिलेसम्मै पनि याद भएन ।

एकजना सरले ‘नेचर’ शब्दलाई ‘न्याटुरे’ (nature) भनी विद्यार्थीहरूलाई उच्चारण गर्न लाएछन् । घरमा छोरोलै ‘नेचर’ शब्दलाई ‘न्याटुरे’ (nature) भनी उच्चारण गरेको सुनेर अङ्ग्रेजीमा ज्ञान भएका अभिभावकले कुन सरले नेचरलाई नेटुरे भन्न सिकाए भनी सोध्दा फलानो सरले सिकाएका हुन् भनेको सुनी ती अभिभावक स्कूलका प्रधान अध्यापककहाँ गई नालिस गर्छन् । प्रधान अध्यापकले गम्भीर मुद्रामा भने, टेन्सन लिने कुनै कारण छैन । विद्यार्थीहरू सामान्य म्याटुरे (mature) भएपछि समस्याको समाधान भइहाल्छ ।

प्रधान अध्यापकले स्वयम् गलत उच्चारण गरेको सुनेर ती अभिभावक सोझै स्कूल निरीक्षककहाँ जान्छन् र नालिस गर्छन्, तपाईंको स्कूलमा कस्तो खाले अङ्ग्रेजी पढाउँछन् हँ सरहरूले ?

निरीक्षकले कारण जान्न चाहँदा अभिभावक भन्छन्, मेरो छोरोले नेचरलाई नाटुरे भन्छ, तपाईका प्रधान अध्यापकले म्याचुरलाई म्याटुरे भन्छन् । वाट इज दिस ?

अभिभावकको कुरा सुनेर सामान्य़ रिसाउँदै निरीक्षक भन्छन्, खै के भन्ने ? सबै ठूल-ठूला कुरा मात्रै गर्छन् । हाम्रा टिचरहरूले राम्ररी लेकटुरे (Lecture) दिनै जान्दैनन् ।

चित्त परेन अभिभावकलाई । तिनी सोझै स्कूल बोर्डका अध्यक्षकहाँ पुगी सबै वृतान्त बताए । अध्यक्षले गम्भीर मुद्रामा भने, म सबै बुझ्छु । भन्नोस् के गर्नुहुन्छ ? यस क्षेत्रको कालटुरे (calture) नै यस्तै छ ।

अभिभावक अग्निशर्मा भए । सोझै सांसदकहाँ पुगी नालिस गरे । सांसद दारा किट्दै बोले, मलाई सबै थाहा छ । मैले बुझिसकेको छु, यस स्कूलको कुनै फुटुरे (future) छैन ।

यी नेटुरे, कलटुरे, म्याटुरे, फुटुरे उच्चारण सुनेर अभिभावकलाई रिङाटा लागेर दङ्गै भूइँमा लड्छन् । एकजना पत्रकार दुगुर्दै आएर भटाभट फोटो खिँच्न थाल्छन् । पत्रकार फोटो खिँच्दै भन्छन्, अब मैले खिँचेका जम्मै पिक्टुरे (picture) फेसबुकमा अपलोड गर्छु ।

अभिभावक हत्त न पत्त जुरुक्कै उठी भन्छन्, रिपोर्टर महोदय कृपया यस्तो कुरो फेसबुकमा अपलोड नगरिदिनुहोला । स्कूल सँगसँगै सबै बदनाम हुन्छन् ।

पत्रकारले अभिभावकलाई उनको पेशाबारे सोध्छन् । नम्र स्वरमा अभिङभावक बोल्छन्, म यहाँको एग्रिकल्टुरे (agriculture) हाकिम हुँ । अभिभावकले पत्रकारलाई सोध्छन्, तपाईं पत्रकारिता मात्रै गर्नुहुन्छ कि साइड बिजिनेस पनि गर्नुहुन्छ ?

दाह्रा ङिच्चाउँदै पत्रकार बोल्छन्, ज्यू… मेरो भानु चोकमा फर्निटुरे (furniture) को ठूलो शो रुम छ । सरलाई कुनै पनि प्रकारको फर्निटुरे चाहियो भने मेरो फर्निटुरे (furniture) शो रुममा आउनुहोला ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x