साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देब्रे सरकार

हामी सनातन हामी प्राकृत हौं देब्रे हाम्रा दुस्मन त्यै भएर देब्रे हातले हामीमाथि काँटी ठोक्दैछन् हथौडाले काँटी पनि सरकार हथौडा पनि सरकार ।

Nepal Telecom ad

ओम आचार्य :

हथौडा पनि सरकार
काँटी पनि सरकार
शरीर हाम्रो
हाम्रा हातहरु
मुर्दावादमा उठिरहेका छन्
हाम्रा खुट्टाहरु जुलुसमा हिँडिरहेका छन्
हाम्रा आवाजहरुले सरकार विरुद्ध
नारा लगाइरहेका छन्
सरकार हाम्रा दुबै हातमा
दुबै खुट्टामा र जिब्रोमा
तै काटी, तै हथौडी
जोडले हान्दै छन्
सरकारको पनि दुई हात छ
हात देब्रे मात्रै चल्छ
देब्रे हातले हथौडा समाएको छ
त्यै देब्रे हातले
हथौडा ठोकिरहेको छ
हामी दाहिने हौँ
मन्दिर परिक्रमा पनि हामी दाहिनेबाटै गर्छौ
घडी पनि दाहिनेबाटै घुम्छ
हामी सनातन
हामी प्राकृत हौं
देब्रे हाम्रा दुस्मन
त्यै भएर
देब्रे हातले
हामीमाथि काँटी ठोक्दैछन् हथौडाले
काँटी पनि सरकार
हथौडा पनि सरकार ।

०००
धरान
फित्काैली (४१, २०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x