ओम आचार्यसिद्ध गिद्ध दलदल इति
के आए आए कुकुरले खाने खाए सिनोजस्तै गन्हााए नाक मुख थुन्ने बनाए अति भो खती पड्काउन आउँछ होला कोही खुर्सानी रायो भेटाए ।

ओम आचार्य :
मात लागेको छ
बात लागेको छ
घात लागेको छ
तैपनि
चेत्दै चेत्दैनन्
खै को कसको अवैध साथ लागेका छन् ।
जात्रा छ बोली
विराजमान छन् आन्द्राभुँडी खोली
गाउँछन् ‘उद्रेको चोली…’
भन्छन् ‘जाने आज हो कि भोलि’
हार्नु छैन
जित्ने हो यही टोली ।
इसारामा नाचेका छन्
निगाहमा बाँचेका छन्
पुग्नेगरी साँचेकाछन्
स्तनपानको ऋण बिर्सिएर
फूल/कोपिला चुँडेका छन्
सबै हाँगा भाँचेका छन् ।
खोपी खोपी धाउँछन्
खै के को निस्सा लाउँछन्
छाडा गाउँछन्
गाँडा समाउँछन्
दुइवटा नाउमा पाउ छन्
झिँगा भन्किरहेछन्
जिउभरि घावैघाउ छन् ।
के आए आए
कुकुरले खाने खाए
सिनोजस्तै गन्हााए
नाक मुख थुन्ने बनाए
अति भो खती
पड्काउन आउँछ होला कोही
खुर्सानी रायो भेटाए ।
पशुका पति हे नाथ
हेर्छौ मात्र दिँदैनौ साथ
छुटाइदेऊ प्रभु भष्मासुरको हात
कति दिन कति रात
चलाइरहने यस्तो वाइघात ?
हुन रोकौँ सबै बरबाद
नातावाद/कृपावाद
मुर्दावाद ! मुर्दावाद !!
०००
अर्घाखाँची
Subscribe
Login
0 Comments
Oldest






































