साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रापप

पछिल्लो समय सरकारले निवृत्तिभरण, सामाजिक सुरक्षा भत्ता, औषधोपचार सुविधालगायतका राज्यप्रदत्त सेवा प्राप्तिमा मात्र नभएर नागरिकले मृत्युवरण गर्दा पनि राष्ट्रिय परिचय-पत्र (रापप) देखाउनुपर्ने नियम ल्याएको रहेछ ।

Nepal Telecom ad

पिँडालु पण्डित :

क्लाउड कान्छा सिकिस्त बिरामी परेको आठ वर्ष भइसक्यो । एकान्नब्बे वर्षदेखि बिरामी परेका उनी अहिले उनान्सय वर्षका भए । गए-गए-गए भन्यो फेरि बोरिन्छन् र बाँच्छन् । फेरि गए-गए-गए भन्यो फेरि बाँच्छन् । उपचारमा संलग्न चिकित्सक र उनका आफन्त उनको यो अवस्था देखेर आजित छन् । यसो गरे पनि हुन्न, उसो गरे पनि हुन्न ।

उनी विदेशी आमा र नेपाली बाबुका जेठा छोरा । उनको यो नाम रखाइको प्रभाव उनीहरूको विवाहसँग जोडिएको छ । बाबुआमा दुवैको सल्लाह बमोजिम आमाले क्लाउड र बाबुले कान्छा प्रस्ताव गरेपछि दुवैको प्रस्तावको योगबाट उनको नाम क्लाउड कान्छा राखिएको हो ।

क्लाउड कान्छा सम्पन्न परिवारका मानिस । नपुग्दो केही छैन । अथाह सम्पत्तिका मालिक । तर पनि मुढो लडेजस्तै लड्न परेपछि सम्पत्ति धेरै भएर मात्र पनि के गर्नू ? सम्पत्ति न औषधि हो, न के ! पैसाकै सिरक, डसना, तकिया र तन्ना बनाएर ओडे ओछ्याए पनि हुने हुनामी नभई छोड्दो रहेनछ । यस्तै भइरहेछ क्लाउड कान्छाका हकमा पनि ।

चित्रगुप्त दिनको एक पटक आप्mनो ढड्डा नियाल्छन् । उनलाई मत्र्यलोकबाट उठाउने समय भइसकेको मात्र होइन, घर्किसकेको छ । यमराजलाई बिन्ती गरेर पटक-पटक यमदूतहरू पठाउँदा पनि तिनले क्लाउड कान्छालाई ल्याउन सकिरहेका छैनन् । उनको उपचारमा संलग्न चिकित्सक र आफन्तहरू मात्र नभएर त्यही एउटै व्यक्तिलाई उठाउन पटक-पटक मत्र्यलोक धाइरहनुपर्दा यमदूतहरू पनि आजित भइसकेका छन् ।

पछिल्लो समय सरकारले निवृत्तिभरण, सामाजिक सुरक्षा भत्ता, औषधोपचार सुविधालगायतका राज्यप्रदत्त सेवा प्राप्तिमा मात्र नभएर नागरिकले मृत्युवरण गर्दा पनि राष्ट्रिय परिचय-पत्र (रापप) देखाउनुपर्ने नियम ल्याएको रहेछ । तर क्लाउड कान्छाले अहिलेसम्म रापप बनाएकै रहेनछन् । मत्र्यलोकी भिसा सकिइसक्दा पनि यमदूतहरूले उनलाई उठाउन नसक्नुमा यतिखेर उनको साथमा यही रापप नहुनु नै मुख्य कारण बनेको रहेछ ।

०००
नुवाकोट, हाल काठमाडौं
२०८१/५/५

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
मधुसूदन पाण्डेय
मधुसूदन पाण्डेय
2 years ago

गज्जव फित्कौली हजुर

Madhav Bidari
Madhav Bidari
2 years ago

गजब लाग्यो

Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
2
0
Would love your thoughts, please comment.x
()
x