साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुराको कुराउनी

कुराको चास्नीमा डुबुल्की लगाउँदै मिठो मृदङ्ग धुनमा गाना उनैको गाउँदै जयकार, ललकार, मिथ्याकार घुमाउने कुराको चास्नीका कुराको कुराउनी ॥

Nepal Telecom ad

राजाराम बर्तौला :

अन्तरे, जन्तरे, मन्तरे, लखन्तरे खियाउने
खुच्चिङ पर्‍यो भन्दै अरुलाई हियाउने
आफू जोडले नाच्दै अट्टहास कराउने
कुरौटेहरूको जाल महाजाल बिछाउने ॥

राष्ट्रियताको चर्को नारा बसिभूत गराउने
विकासका उडन्ते गफ डिङ हाँक्दै उडाउने
फक्रेको छ मेरो खेती बाली लहलहाउने
कुरौटेहरूको राज जाली झेल खेलाउने ॥

सवैका मित्र हुँ भन्दै सुन्दर भविष्य देखाउँछ
रोजेको खोजेको जस्तै सपना रुमानी देखाउँछ
नजाने कुन भिरको बाटो कता लगी लडाउँछ
यिनैको भरमा लागेको टेको खुत्रुक्क खसाउँछ ॥

गुड्डी हाँक्दछ देशको, परदेशको, धर्मको अधर्मको
नित्य आनन्दको अर्चनाको पावन भूमि नेपालको
आलोकको, तपको, ध्यानको, आत्मा परमात्माको
नजानेको केही छैन उसले भाष्य ज्ञान-विज्ञानको ॥

मिठा रसिक चाम्रो चिल्ला चट्ट मिलेका कुरा
आँखा नचाई बोल्दछ अधरको विश्मय कुरा
पेटले बोल्दछ या मुखले, दिमागी शोचले झुटा
जान्ने कठीन छ उसको भाषाका पोकापुन्तुरा ॥

यसै गरी बाँचेको छ उसको दैनिकी पूरा
नेता भन्दछ ऊ आफैलाई अरुको के कुरा
सर्वज्ञानी सर्वभक्षी सर्वेवेत्ता सम्पुजिता
सर्वलोके, सर्वव्यापि सत्यानासी उनी नेता ॥

कुरा रोपी कुरिलो जस्तै कुरै कुरा फलाउने
कुरा निफन्ने नाङ्गलामा बियाँ जत्ति पठाउने
कनिका सोरेर मानामा अरुको भाग लगाउने
सग्ला, राम्रा दानादार कुरा आफै पकाउने ॥

मदानीले फनफनि घोलेर नौनी ताजा निकाल्ने
पोलेर आगोमा कुरा खरानी अरुलाई घसाउने
आफू बिछट्टै राम्रो बन्दै भस्म तिलक लगाउने
कुराको विस्कुन पस्केर कुराकै आँच लगाउने ॥

कुँडेको पाकमा घोलेर दुग्दधारा तताउने
त्यसमा थोरै कुराको अमृत घोल मिसाउने
कुँडो त नभनुँ यसलाई घुँटि जस्तै पिलाउने
बाँड्दछन्् सिपालु नेता कुराको कुराउनी ॥

कुराको चास्नीमा डुबुल्की लगाउँदै
मिठो मृदङ्ग धुनमा गाना उनैको गाउँदै
जयकार, ललकार, मिथ्याकार घुमाउने
कुराको चास्नीका कुराको कुराउनी ॥

०००
हेटौंडा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
भातमारा र तरमारा

भातमारा र तरमारा

राजाराम बर्ताैला
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x