साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युद्ध जारी छ

शकुनिहरू आफ्नो कुटिले दाउको पासा फ्याँक्न उद्यत छ शकुनिहरू हिजो जस्ता थिए आज पनि उस्तै छन् महाभारतको युद्ध हिजो जस्तो थियो आजपनि उस्तै छ

Nepal Telecom ad

राजाराम बर्तौला :

युद्ध सर्वकालिक हो
महाभारत हिजो जस्तै आजपनि उस्तै छ
युद्ध जारी छ ।
दुशासन हिजो जस्तै आज पनि
चीरहरण गर्दैछ द्रौपदीको
द्रौपदीहरूको विवशता
हिजो जस्तो थियो आज पनि उस्तै छ
फरक छ त केवल
हिजो केशव थिए
द्रौपदीको लाज बचाउने
आज केशव छैनन्
कुनै अबलाको अस्मिता बचाउने ।
अब आफ्नै चेतनाले
शक्ति र सामर्थ्यले
द्रौपदीहरू स्वयम्ले
आफ्नो अस्मिता आफैं बचाउनु पर्दछ ।
हिजो जस्तै आज पनि
महाभारत चलिरहेछ
शकुनिहरू आफ्नो कुटिले दाउको
पासा फ्याँक्न उद्यत छ
शकुनिहरू हिजो जस्ता थिए
आज पनि उस्तै छन्
महाभारतको युद्ध
हिजो जस्तो थियो आजपनि उस्तै छ
युद्ध जारी छ ।

०००
हेटौंडा, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
भातमारा र तरमारा

भातमारा र तरमारा

राजाराम बर्ताैला
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x