सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

युद्ध जारी छ

शकुनिहरू आफ्नो कुटिले दाउको पासा फ्याँक्न उद्यत छ शकुनिहरू हिजो जस्ता थिए आज पनि उस्तै छन् महाभारतको युद्ध हिजो जस्तो थियो आजपनि उस्तै छ

Nepal Telecom ad

राजाराम बर्तौला :

युद्ध सर्वकालिक हो
महाभारत हिजो जस्तै आजपनि उस्तै छ
युद्ध जारी छ ।
दुशासन हिजो जस्तै आज पनि
चीरहरण गर्दैछ द्रौपदीको
द्रौपदीहरूको विवशता
हिजो जस्तो थियो आज पनि उस्तै छ
फरक छ त केवल
हिजो केशव थिए
द्रौपदीको लाज बचाउने
आज केशव छैनन्
कुनै अबलाको अस्मिता बचाउने ।
अब आफ्नै चेतनाले
शक्ति र सामर्थ्यले
द्रौपदीहरू स्वयम्ले
आफ्नो अस्मिता आफैं बचाउनु पर्दछ ।
हिजो जस्तै आज पनि
महाभारत चलिरहेछ
शकुनिहरू आफ्नो कुटिले दाउको
पासा फ्याँक्न उद्यत छ
शकुनिहरू हिजो जस्ता थिए
आज पनि उस्तै छन्
महाभारतको युद्ध
हिजो जस्तो थियो आजपनि उस्तै छ
युद्ध जारी छ ।

०००
हेटौंडा, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
भातमारा र तरमारा

भातमारा र तरमारा

राजाराम बर्ताैला
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
मरिन्छ कि के हो फूलका मालाले थिचेर

मरिन्छ कि के हो...

राजाराम बर्ताैला
ब्रह्मलुट

ब्रह्मलुट

वसन्त सापकाेटा
राजधानीमा बस

राजधानीमा बस

गोपीचन्द्र कार्की
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
प्रेमको हाटबजार !

प्रेमको हाटबजार !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x