साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुशासन

प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनले भनिन्, “मैले मितव्ययिताका साथ काम गरेँ ! तपाईं जनप्रतिनिधिहरुले पनि भ्रष्टाचार नगर्नु होला ! सुशासन कायम गर्नु होला !”

Nepal Telecom ad

लीलाराज दाहाल :

साधना चुनाव गराउन खटिएकी थिइन् ! शहर भन्दा केही पर गाउँमा ! हाकिम भएर खटिन पाउनु उनको सौभाग्य थियो ! हाकिम भैहाल्ने उनमा क्षमता थिएन ! कहाँ, कहिले, कसरी बोल्ने उनलाई केही थाहा हुँदैनथ्यो ! परिस्थितिले उनलाई हाकिमै बनायो ! संयोगले उनलाई यो पद जुरेको थियो !

उनी काम जान्दैन थिइन् र आफ्नो असक्षमता मातहतका कर्मचारीलाई गाली गरेर ढाकछोप गर्थिन् ! कार्यालयका लागि एउटा सामान चाहिए उनी दुईवटा किन्थिन् ! एउटा निर्वाचनको लागि, अर्को आफ्नो घरको लागि ! कहिलेकाहीँ लेखा र स्टोरका कर्मचारीले प्रतिवाद गर्थे ! त्यसबखत उनी रिसाउँथिन् र मुखै खोलेर भन्थिन्, “निर्वाचनको पैसा त हो ! मैले जे गरे नि हुन्छ ! म हाकिम हुँ !”

बिजुली, पानी, मसलन्द, इन्धन, मर्मत संभार, कार्यक्रम खर्च शीर्षकमा आउने रकम खर्चै नगरी गोजीमा हाल्ने उपाय खोजेर बस्थिन् ! निर्वाचनको लागि घर, आवास, सवारी साधन र इन्धन स्थानीय पालिकाले उपलब्ध गराएको थियो ! घरभाडा शीर्षकमा आएको रकम किर्ते घरबेटी खडा गरेर गोजीमा हालिन् ! सबै कर्मचारी चुनावमा असर होला भनेर सहेर बसेका थिए ! कसैले पनि केही बोलेनन् ! महिला हाकिम भएकाले पनि विवाद गर्न चाहँदैन थिए कोही ! रातदिन खट्दा पनि कर्मचारीहरुले भने यथोचित सुविधा पाएका थिएनन् !

यति हुँदा नि सबैले सहयोग नै गरे ! निर्वाचन सम्पन्न भयो ! सोचे भन्दा शान्त वातावरणमा चुनाव भयो ! चुनाव जितेका उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनले भनिन्, “मैले मितव्ययिताका साथ काम गरेँ ! तपाईं जनप्रतिनिधिहरुले पनि भ्रष्टाचार नगर्नु होला ! सुशासन कायम गर्नु होला !”

०००
बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x