लीलाराज दाहालसंस्कार
तरकारी किनेर फर्केपछि घरको कम्पाउण्डभित्र कुकुरको स्याहार गरिरहेका घरवेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी, "आज पनि यो ह्यान्सी डगले बिस्किट, मिट खाइसेनछ दाइ ?"

लीलाराज दाहाल :
“अब नेपालीमा बोल् त फेरि ? अङ्ग्रेजी मात्रै बोल् भनेर कतिपल्ट भनिसकें ? नेपालीमा बोलिस् कि पिटाइ खाइस् ! ” पृयाले छोरालाई डर देखाउन हात उज्याई !
ऊ छोरालाई पढाउँदै थिई ! उसले पतितर्फ हेरेर भनी, “हेरिस्यो न बाबा ! अहिलेको स्कुलमा पनि नेपाली पढाउँदो रहेछ ! यसरी त हुँदै भएन ! छोरालाई अर्को स्कुलमा सारौं न, के !”
उसले छोरालाई जोडतोडले राजसी भाषामा बोल्न सिकाइरहेकी थिई ! यस्तो भाषामा बोलेमात्रै मानिस संस्कारित मानिन्छ भन्ने उसमा अटल विश्वास थियोे ! तँ, तिमी, तपाईं जस्ता शव्द प्रयोग गर्ने वरिपरिका मान्छेहरुलाई ऊ पाखे भन्थी ! उनीहरूले शहरिया संस्कारको बर्को ओढ्न थाले पनि गाउँले मजेत्रोलाई पूर्णरूपले त्याग्न सकेका थिएनन् ! उनीहरू गाउँले परिवेश र शहरिया संस्कारको दोसाँधमा उभिएका थिए !
एकैछिनमा साइकलमा तरकारी बेच्दै आएको ब्यापारीलाई छेउको गल्लीमा रोकेर हप्काउँदै सोधी, “ए भैया, आलु प्याज कति रुपैयाँ किलो दिन्छस् ?”
तरकारी किनेर फर्केपछि घरको कम्पाउण्डभित्र कुकुरको स्याहार गरिरहेका घरवेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी, “आज पनि यो ह्यान्सी डगले बिस्किट, मिट खाइसेनछ दाइ ?”
०००
वागमती ११, कर्मैया, सर्लाही
Subscribe
Login
0 Comments
Oldest






































