साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोखो माया पर्खेर बसेको- म मतदाता

वाचा त पाउछु असली माया पाइएन कहिल्यै कसैको... सहीछाप नभएको बेरीतको "भर्पाइ" जस्तो कस्तो कस्तो ?? सबैभन्दा सस्तो !!

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

म मतदाता
कहिले पोखरीको माछा जस्तो,
सबैले आआफ्नो बल्छीमा
आकर्षक आश्वासनको चारा उनेर
फसाइ रहेको।

कहिले पिंजडाको सुग्गा जस्तो,
हो, हो, सुग्गा जस्तो
सबैले आफ्नै जय जयको नारा,
रटाइ सिकाइ रहेको।

न यताको – न उताको
मौका पाउदै सबैले होच्याइ रहेको
घडीको पेण्डुलम जस्तो !
पुच्छर हल्लाइ रहेको।

कहिले मदारीको
बाँदर जस्तो
सबैले नचाइ रहेको !!

वाचा त पाउछु
असली माया पाइएन
कहिल्यै कसैको…

सहीछाप नभएको
बेरीतको “भर्पाइ” जस्तो
कस्तो कस्तो ??
सबैभन्दा सस्तो !!

कहिलै हुन नचाहदा पनि
भएको छु त्यस्तो…!!!
हालत दिनदिनै खस्दो…

बेलाइन स्थितिलाई
लाइनमा लाउन समय अघि
लाइनमा… बसेको !

हो-चोखो माया पर्खेर बसेको
– म मतदाता

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x