साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट खसाल्ने कहिले ?

खेल चलेको रसिलो आँत गराऊ कसिलो कोट लगाऊ ससिलो भोट कमाऊ सजिलो ।। आस छ पुग्ने पदमा हिँड्नु छ सत्ता कदमा साइत राम्रो अहिले भोट दिए है सबले ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

नाच चलेको पहिले
काम चलेको अहिले
नाटक गर्छन् जहिले
भोट खसाल्ने कहिले ।।१

गोठ बगे साउनमा
कष्ट सहे जीवनमा
ओत बनेनन् जनका
भोट फकिन्छन् उनका ।।२

आस जगाए मनमा
खास छु भन्दै जनमा
फूल र माला उरमा
भोट बटुल्ने सुरमा ।।३

गेह बनाए पुरमा
मस्त थिए ती कुरमा
फेरि बटुल्ने सुरमा
गाउँ छिरे यी टुरमा ।।४

नोट थमायो जसले
भोट कमायो उसले
अस्ति भएको जसरी
भोट लिने हुन् त्यसरी ।।५

के छ र चासो जनको
आखिर चासो धनको
नोट दिने छन् जुनले
भोट बटुल्छन् उनले ।।६

खेल चलेको रसिलो
आँत गराऊ कसिलो
कोट लगाऊ ससिलो
भोट कमाऊ सजिलो ।।७

आस छ पुग्ने पदमा
हिँड्नु छ सत्ता कदमा
साइत राम्रो अहिले
भोट दिए है सबले ।।८

०००
विकास चोक ५, भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x