साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट, भोज र बलिदान

बाटो बनाउने पैसाले खुवाएको भोज खान सबैभन्दा अगाडि तँछाडमछाड गर्छौँ। नेता त पात्र मात्र हुन्, उनीहरूलाई 'अभिनेता' बनाउने निर्देशक त हामी मतदाता नै हौँ।

Nepal Telecom ad

कुलप्रसाद घिमिरे :

चुनावको मिति नजिकिँदै जाँदा गाउँमा नेताभन्दा बढी जनता सक्रिय थिए। भोट बहादुरको चिया पसल अहिले ‘राजनीतिक प्रयोगशाला’ बनेको थियो। तर त्यहाँ देश विकासको चिन्ता होइन, कसले कति ‘खर्च’ गर्छ भन्ने हिसाबकिताब चल्दै थियो। गाउँका उनीहरु भोटको मूल्य एक छाक मासु र एक बोतल सोमरससँग साट्न तम्तयार थिए । तन्नेरीहरू टोली बनाएर बसेका थिए। गफ सुन्दा लाग्थ्यो, उनीहरू कुनै ठूलो कम्पनीको ‘सिइओ’ हुन् र नेताहरू उनीकहाँ ‘अन्तरर्वार्ता’ दिन आएका हुन्।

“हेर्नुस् बाजे,” काले भनिने एउटा केटाले भोट बहादुरलाई भन्यो, “जुन नेताले अघिल्लो हप्ता मासु-भात खुवायो, उसैको भाषणमा ताली अलि जोडले बजाइयो। अब आज अर्कै पार्टीको पालो छ, आजको ‘मेनु’ हेरेर समर्थनको अवस्था तय हुन्छ !”

भोट बहादुरले सोधे, “बाबु, तिम्रो गाउँमा त स्कुलको छानो चुहिन्छ, अस्पतालमा सिटामोल छैन। यसबारे चाहिँ कहिले सोध्छौ त नेतालाई ?”

कालेले हाँस्दै भन्यो, “बाजे, सिटामोलले त निको हुन समय लाग्छ, तर चुनावको बेला पाइने पैसा चिसो बोतल र सुकुटीले त तत्कालै आनन्द दिन्छ नि ! विकास त अर्को पाँच वर्षमा हुँदै गर्छ नि, अहिले त ‘उत्सव’ मनाउने हो।”

पसलको कुनामा अर्को एउटा समूह थियो कट्टर कार्यकर्ताहरूको। उनीहरू आफ्नो नेताले जतिसुकै ठूलो झुट बोले पनि त्यसलाई ‘मास्टरप्लान’ भन्थे।

नेताले मञ्चबाट भन्यो— “म यो गाउँमा समुन्द्र ल्याइदिन्छु !” जनताले ताली बजाए— “हो ! हो ! हाम्रो नेता जिन्दावाद !” भोट बहादुरले छेउको छिमेकीलाई विस्तारै सोधे, “ए भाइ, यो पहाडको टुप्पोमा समुन्द्र कसरी आउँछ ?” छिमेकीले झर्किँदै जवाफ दियो, “बाजे, तपाईं त कति पिछडिनु भएको ! नेता ज्यूले भनेपछि केही न केही ‘प्रविधि’ त होला नि ! हामीलाई त बस, अर्को पार्टीको झण्डा झुकाउनु छ, विकास त कागजमा भइहाल्छ नि !”

चुनावको अघिल्लो रात त झन् अचम्म भयो। मतदाताहरू नै नेताका प्रतिनिधि बनेर दररेट तोक्न थाले। “हाम्रो टोलको ५० भोट चाहिए, यति हजार चाहिन्छ” भन्दै जनता नै नेतासँग ‘बिजनेस’ गरिरहेका थिए।

भोट बहादुरले देखे— जो जनता दिनभरि फेसबुकमा ‘भ्रष्टाचार अन्त्य गरौँ’ भनेर स्टाटस लेख्थे, तिनै मान्छेहरू राती अँध्यारोमा नेताको गाडी पछाडि ‘आर्थिक प्याकेज’ को लागि लाइन लागेका थिए।

भोट हाल्ने दिन आयो। भोट बहादुर लाइनमा बसेका थिए। सबैजना उत्साहित देखिन्थे— कसैलाई नयाँ मोटरसाइकलको आश थियो, कसैलाई भोजको ह्याङओभर। भोट बहादुरले ठूलो स्वरमा भने:
“धन्न हाम्रा नेताहरू ! जसले पाँच वर्षसम्म झुक्काउँछन्। तर झन् धन्न हामी जनता ! जो पाँच दिनको भोज र पाँच हजारको नोटमा आफ्नो पाँच वर्षको भविष्य बेच्न लाइनमा बसिरहेका छौँ। हामीलाई ‘इमानदार’ नेता चाहिएको होइन रहेछ, हामीलाई त हाम्रो ‘लोभ’ बुझिदिने ‘धनी’ नेता चाहिएको रहेछ।”
उनले थपे, “जबसम्म जनताको विवेक ‘खसीको मासु’ सँग साटिन्छ, तबसम्म नेताले ‘स्वर्ग’ को गफ दिन छोड्दैनन्। दोष नेताको मात्र होइन बाबु हो, दोष त हाम्रो ‘सस्तो’ इमान्दारिताको पनि हो।”

हामी यस्ता जनता हौँ, जो नेताले बाटो बनाइदिएन भनेर गाली गर्छौँ, तर त्यही बाटो बनाउने पैसाले खुवाएको भोज खान सबैभन्दा अगाडि तँछाडमछाड गर्छौँ। नेता त पात्र मात्र हुन्, उनीहरूलाई ‘अभिनेता’ बनाउने निर्देशक त हामी मतदाता नै हौँ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालराम र वृद्धाराम

बालराम र वृद्धाराम

कुलप्रसाद घिमिरे
आवरण र आत्माको धुलो

आवरण र आत्माको धुलो

कुलप्रसाद घिमिरे
सुधार केन्द्रका नेताहरू

सुधार केन्द्रका नेताहरू

कुलप्रसाद घिमिरे
सपनाको खेती र भोको पेट

सपनाको खेती र भोको...

कुलप्रसाद घिमिरे
अक्षरको भोक

अक्षरको भोक

कुलप्रसाद घिमिरे
नेपाली हेरेको हेरै

नेपाली हेरेको हेरै

कुलप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x