कुलप्रसाद घिमिरेनेपाली हेरेको हेरै
मञ्चन गरिएको नाटक कह्यो। आशातीत जनता हेरेको हेरै, देशको हालत त उहीँ रह्यो। न त बहुदलले फेर्यो न गाणतन्त्रले केवल नेपाली जनता देखेको देखै, निमुखा नेपाली जनता हेरेको हेरै ।

कुलप्रसाद घिमिरे :
ए जनता हो,
नेताजीको भाषण त सुन,
विकासको सपना त बुन।
गाडी चढ्छन् ती चिल्लो,
जनतालाई छ पिरलो।
भ्रष्टाचारको छ खेती,
देशको छ यस्तो गति।
आफ्नो खल्ती प्राय भर्ने,
जनतालाई प्राय मार्ने।
युवा यहाँ विदेश भाग्छन्,
बूढा यहाँ सधै जाग्छन्।
विकासको छ मुखमा नारा,
देशलाई छ गम्भीर भारा।
सामाजिक सञ्जालमा देखिन्छ हल्ला,
झुटो समाचारको साक्षी को बन्ला।
देशैभरी ट्रोल र गालीको वर्षा,
असत्यको मुखमा देखिन्छ सुख हर्ष।
जातको भेद छ गाउँ गाउँमा,
शहर छ सधैँ धनी बन्ने दाउमा।
यहाँ देखिन्छ मानवताको खडेरी,
सम्भ्रान्तमा पैसाको पगरी।
नेपाली संस्कृति कता हरायो,
पश्चिमी वहावले सर्वत्र छायो ।
सबैलाई लाग्यो नार्सिसिस्टिक रोग,
केवल आफ्नो पहिचानको भोक।
महिला हिंसा बिक्रिति छ बढ्दो,
न्यायलयमा न्यायिक मन घट्दो ।
बोल्नेको यहाँ मुख थुनियो,
अपराधीको यहाँ बोली गुनियो ।
सडकमा यत्र तत्र जामको छ पीडा,
भूमण्डलीमा छ यो प्रदूषणको क्रीडा।
अस्वस्थ प्रतिस्पर्धा शिक्षाको व्यापार,
अनैतिक र अतरञ्जितसाथ अस्पतालमा प्रहार।
यहाँ सेवाको नाममा भएको छ ठगी,
निमुखा जनतालाई बनाएको छ पीर घडी
अब नेताजीको गुलियो भाषण सकियो,
आसेपासेको गडगडाहट ताली बज्यो ।
मञ्चन गरिएको नाटक कह्यो।
आशातीत जनता हेरेको हेरै,
देशको हालत त उहीँ रह्यो।
न त बहुदलले फेर्यो न गाणतन्त्रले
केवल नेपाली जनता देखेको देखै,
निमुखा नेपाली जनता हेरेको हेरै ।
०००
०००
Subscribe
Login
0 Comments
Oldest







































