साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैठकभत्ता

यसै बैठकमा प्रतिव्यक्ति एक हजार बैठकभत्ता नगरपालिकाले दिनेछ भन्ने निर्णय गरियो । त्यसपछिका बैठकमा भने प्रायः कोही सदस्य पनि अनुपस्थित रहेन ।

Nepal Telecom ad

परशुराम पराशर :

नगरपालिकाबाट महिला सशक्तीकरणको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक वडाबाट पाँच जनाका दरले महिलाहरूलाई बोलाइयो र पैंतालिस जनाको एउटा महिला जागरण मूल समिति गठन गर्न लगाइयो । उक्त समितिभित्रबाट थप उपसमिति बनाएर आ-आफ्ना वडामा महिला सशक्तीकरणका कार्य गर्न सूचीसहित निर्देशन दिइयो र महिनाको एक पटक नियमित बैठक बस्ने निर्णय गरियो ।

हरेक दोस्रो शुक्रबार तीन बजे नगरपालिकामा उपस्थित भएर अनिवार्य बैठक बस्ने र कार्यको विवरण दिने निर्णय पनि भयो । कार्यका लागि बजेटको व्यवस्थासमेत भएको जानकारी गराइयो ।

पहिलो बैठकमा आधाउधी सदस्यहरूको मात्र उपस्थिति भयो ।

“यसरी काम हुन्न । सबैलाई अनिवार्य उपस्थिति हुन अनुरोध गर्नुपर्छ ।” नगरप्रमुखले सबैलाई निर्देशन दिए ।

त्यसपछिको दोस्रो बैठकमा झन् पच्चिस प्रतिशतभन्दा कमको उपस्थिति भयो । यसै बैठकमा प्रतिव्यक्ति एक हजार बैठकभत्ता नगरपालिकाले दिनेछ भन्ने निर्णय गरियो । त्यसपछिका बैठकमा भने प्रायः कोही सदस्य पनि अनुपस्थित रहेन ।

०००
सावधान (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x