साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यापार घाटा रे !

जताततै / कदमकदममै व्यापारैव्यापार छ बिक्री नै बिक्री छ सबै हाताहाती छ फटाफटी छ तैपनि अर्थमन्त्रीको मुखमा व्यापार घाटा नै रहनी बनेर बसेको छ ।

Nepal Telecom ad

हरि कोर्काली :

पद बिकेका छन्‌
पदोन्नति बिकेका छन्‌
पदाधिकारीहरू त झन्‌
छिन्छिनमै बिकेका छन् ।

खोला, नाला, कुला बिकेका छन्‌
ढुङ्गा, माटो, बालुवा बिकेका छन्
काठ, पाट, सेउला बिकेका छन्‌
इमान, जमान र नैतिकता बिकेका छन्‌
खुवादेखि युवासम्म जम्मै बिकेका छन्‌
खर्‍याक्खुरुक्कै बिकेका छन् ।

पानी बिकेको छ
जवानी बिकेको छ
मान, सम्मान बिकेका छन्‌
अङ्ग र इन्द्रिय पनि बिकेकै छन् ।

नागरिकता बिकेका छन्‌
राहदानी बिकेका छन्
निर्णायक र निर्णयहरू त झन्
खोजी खोजी बिकेका छन्‌
सुराक र सुराकी पनि बिकेकै छन् ।

शिक्षाको व्यापार मौलाएको छ
स्वास्थ्यको व्यापार मौलाएको छ
ठेक्कापट्टा र कमिसनको व्यापार मौलाएको छ
देह र स्नेहको व्यापार पनि मौलाएकै छ ।

मत र मतपत्रहरू बिकेका छन्‌
प्रश्न र प्रश्नपत्रहरू बिकेका छन्‌
साक्षी, प्रमाण र प्रमाणपत्रहरू बिकेका छन्‌
धर्म र धर्मात्माहरू पनि उत्तिकै बिकेका छन् ।

हुँदा हुँदा
फोहोर, मैला पनि बिकेकै छन्‌
ऐन कानुनका दफा पनि बिकेकै छन्‌
देशैभरि
जताततै / कदमकदममै
व्यापारैव्यापार छ
बिक्री नै बिक्री छ
सबै हाताहाती छ
फटाफटी छ
तैपनि अर्थमन्त्रीको मुखमा
व्यापार घाटा नै रहनी बनेर बसेको छ ।

पक्कै उनी गलत छन्‌
उनीसँग गलत डेटा छ
उनको डेटा समावेशी छैन
त्यस्तो डेटा उपलब्ध गराउने
उनको विभाग नै गलत छ
फलेफुलेका यति धेरै व्यापार व्यवसायको डेटामा
पहुँचै नभएको त्यो विभाग नै–
परम्परावादी छ
पश्चगामी छ
अपाङ्ग छ
अनि त देश पनि
गलत बाटोमै हिंडिरहेछ
यथास्थितिमै अड्किरहेछ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x