साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको खेती र भोको पेट

यसरी, सिकन्दर र सोझा किसानबीचको संवाद चलिरह्यो। सिकन्दरले कहिल्यै आफ्नो गल्ती स्वीकार गरेनन्। सोझा जनताले कहिल्यै आफ्नो अधिकार पाएनन्।

Nepal Telecom ad

कुलप्रसाद घिमिरे :

नेपालको पश्चिम भेगमा एकजना नेता थिए, उनको नाम सिकन्दर थियो । नामले जतिसुकै ठूलो भए पनि उनी काम भने सिन्को भाँच्न पनि नसक्ने क्षमताका थिए। खासमा उनी मपाईंत्वको रोगले ग्रस्त थिए। समाजको बुज्रुक र अगुवा भन्दै हिँड्ने, तर समाजको लागि केही गर्न नसक्ने स्वाभाव भएका उनी भाषणमा ठूलाठूला कुरा गर्ने, तर व्यवहारमा शून्य सिबाय केही थिएन ।

सिकन्दरको वरिपरि केही चाप्लुसीहरूको झुण्ड थियो। उनीहरू सिकन्दरको झुटो प्रशंसा गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्थे। सोझा सिधा नेपाली जनता भने सिकन्दरको मीठो भाषण पत्याउँथे र फस्थे। उनीहरूलाई लाग्थ्यो, सिकन्दर आशा भरोसाका केन्द्र हुन, उनले देश र समाजको लागि केही गर्छन्। तर महत्वकाङ्क्षा र वास्तविकता भने धेरै फरक थियो।

सिकन्दरले जनताको नाममा ठूलाठूला योजनाहरूको घोषणा गर्थे। तर, ती योजनाहरू कहिल्यै पूरा हुँदैनथे। जनताको पसिनाबाट प्राप्त भएको करबाट सिकन्दर र उनका चाप्लुसहरूले मोजमस्ती गर्थे। जनता भने गरिबी र अभावमा पिल्सिरहेका थिए, उनीहरुलाई बिहान खाए बेलुका के खाउँ भन्ने थियो ।

एक दिन, एकजना सोझा किसानले सिकन्दरलाई प्रश्न गरे, “नेताज्यू, तपाईंले हाम्रो लागि के गर्नुभयो ?”
सिकन्दरले जवाफ दिए, “मैले तिमीहरूको लागि धेरै गरेको छु। मैले तिमीहरूलाई बोल्ने स्वतन्त्रता दिएको छु, तिमीहरूलाई हिँड्ने स्वतन्त्रता दिएको छु, तिमीहरूलाई सोच्ने स्वतन्त्रता दिएको छु।”
सोझा किसानले भने, “नेताज्यू, हामीलाई बोल्ने, हिँड्ने र सोच्ने स्वतन्त्रता मात्र होइन, हामीलाई खाने, लाउने र बस्ने स्वतन्त्रता पनि चाहिन्छ।”
सिकन्दरले जवाफ दिए, “त्यो त तिमीहरू आफैंले गर्नुपर्छ।”
सोझा किसानले भने, “हामीले त दिनरात काम गरेर पनि खान पुग्दैन, लाउन पुग्दैन, बस्न पुग्दैन। तपाईंहरूले हाम्रो लागि के गर्नुभयो ?”
सिकन्दरले जवाफ दिए, “मैले तिमीहरूलाई सपना देख्न सिकाएको छु।”

फेरि किसानले थपे, “हामीलाई सपना होइन, वास्तविकता चाहिन्छ। हामीलाई स्वतन्त्रता र न्याय चाहिन्छ, हामीलाई समानता र समृद्धि चाहिन्छ, हामीलाई विकास चाहिन्छ।”
सिकन्दरले किसानको प्रश्नमा जवाफ दिए, “त्यो त तिमीहरूले आफैंले ल्याउनुपर्छ।”
किसानले भने, “हामीले कसरी ल्याउने ? हामी त अशिक्षित छौं, हामी त गरिब छौं, हामी त आर्थिक, सामाजिक दृष्टिले कमजोर छौं।”
सिकन्दरले जवाफ दिए, “त्यो त तिमीहरूको समस्या हो। म तिमीहरूको यस प्रकृतिको व्यक्तिगत समस्याको लागि जिम्मेवार छैन।”

किसानले भने, “तपाईं त हाम्रो नेता हो नि, हाम्रो समस्याको लागि तपाईं नै जिम्मेवार हुनुपर्छ, चाहे व्यक्तिगत होस् वा सामाजिक।”
सिकन्दरले जवाफ दिए, “म तिमीहरूको नेता हो, तर म तिमीहरूको नोकर त होइन नि ।”
किसानले भने, “हामीले तपाईंलाई नेता बनाएका हौं, तपाईंले हाम्रो सेवा गर्नुपर्छ।”
सिकन्दरले जवाफ दिए, “मैले तिमीहरूको सेवा गरिरहेको छु। पानी, बाटो घाटो, भवन, विद्यालय अदिका बारेमा बोलिरहेको छु ।

यसरी, सिकन्दर र सोझा किसानबीचको संवाद चलिरह्यो। सिकन्दरले कहिल्यै आफ्नो गल्ती स्वीकार गरेनन्। सोझा जनताले कहिल्यै आफ्नो अधिकार पाएनन्।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोट, भोज र बलिदान

भोट, भोज र बलिदान

कुलप्रसाद घिमिरे
बालराम र वृद्धाराम

बालराम र वृद्धाराम

कुलप्रसाद घिमिरे
आवरण र आत्माको धुलो

आवरण र आत्माको धुलो

कुलप्रसाद घिमिरे
सुधार केन्द्रका नेताहरू

सुधार केन्द्रका नेताहरू

कुलप्रसाद घिमिरे
अक्षरको भोक

अक्षरको भोक

कुलप्रसाद घिमिरे
नेपाली हेरेको हेरै

नेपाली हेरेको हेरै

कुलप्रसाद घिमिरे
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x