डा. छायादत्त न्यौपाने ‘बगर’विशिष्ट श्रेणीकाे पदासीन
ईर्ष्या डाहा घुस जुसकाे अर्गानिक स्वाद चाखेर रम्दै घाेसेमुन्टाे लाउने कानुनी अवसर जाेसुकैलाई सम्भव हुँदैन याे त विशिष्ट श्रेणीकाे पदासीन विशिष्टलाई मात्र सम्भव हुन्छ !

डा. छायादत्त न्याैपाने :
भाेक सबैलाई लाग्छ तर
तर सबै भाेक एउटै खुराकले
मेटिने उस्तै हुँदैनन्
याे भाेक सामान्य हाेइन
उत्तम श्रेणीको भाेक हाे
याे त उच्च अङ्क पाएर
प्रथम स्थान लिएको भलाद्मी भाेक
याे भाेक दालभात तरकारीले पुग्ने
लरतराे सामाजिक हाेइन
कठाेर छ अतृप्त मनकाे भाेक
उच्च तहले मात्र सक्छ मापन गर्न
लुकी लुकी खान, धुनपत्ताल खाेज्छ
ठगी खान पल्केकाे याे विशेष अभ्यास
स्वार्जनले पेट भर्ने साइत जुराउँदैन
जत्ति हाले पनि भुँडी भाेकै रहन्छ
जबसम्म छलछामकाे रस पाउँदैन
अनि भाेक भाेकै रहन्छ
ठग्नु उसकाे नजिकैको विकल्प हाे
निर्लज्ज हात थाप्नु उसकाे स्वभाव हाे
कस्तो नामी छ उसकाे ठग-कला
खुसी भएर शिर झुकाई झुकाई
माग्न सक्छ ढुक्कले ठग-कला
ठगपारखी मुख मिठ्याई मिठ्यई
स्वादिला परिकार भेट्टाउन सक्छ
याे हाे शकुनि उत्पादन
ईर्ष्या डाहा घुस जुसकाे
अर्गानिक स्वाद चाखेर रम्दै
घाेसेमुन्टाे लाउने कानुनी अवसर
जाेसुकैलाई सम्भव हुँदैन
याे त विशिष्ट श्रेणीकाे पदासीन
विशिष्टलाई मात्र सम्भव हुन्छ !
०००
पर्वत, हाल : काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































