साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौकामा चौका

अहिले म आफ्नै राजनैतिक पार्टीबाट चुनाव लड्छु। अरू पार्टीहरू सबै भ्रष्टाचारी भएपछि मैले आफ्नै पार्टी दर्ता गरेर फर्केको छु। मुर्खमणिले जानकारी गरायो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“कताबाट आयु ?”- मुर्खमणिलाई देखेर लालुले सोधे।ऊ धेरैजसो राजधानी तिरै हिंड्थ्यो । गाउँमा भने कहिलेकसो आउँथ्यो। काम पनि जेपायो त्यही गर्ने कहिले जेल पर्ने।उसका अनैतिक व्यवहार थिए।

“सर ! नमस्कार”- मुर्खमणिले दुबै हात जोड्यो।
“अचेल यतै छौ कl क्या हो ? “- लालुले सोधे।
“हो सर अचेल यतै छु ।अब आउने चुनावमा यही क्षेत्रबाट किस्मत् अजमाउने बिचारमा छु। यसमा हजुरहरूको साथ सहयोगको खाँचो छ।”- मुर्खमणिले आफ्ना राता गुठ्खाले रङ्गिएका दाँत देखाउँदै खिसिक्क हाँस्यो।

“होर ! कुन राजनैतिक पार्टीले सहयोग गरेको छ तिमीलाई ?”- लालुले सोधे।
“मलाई त सबैले सहयोग गरिहाल्छन् सर, तर म आफै कसैको राजनैतिक पार्टीको भर पर्दिन । उनीहरूको सहयोग पनि लिन चाहदिनँ । म आफै चुनाव जितेर देखाउँ छु।”- उसले भन्यो।

“ए ए त्यसो भए तिमी अहिले स्वतन्त्र उमेदवार बनेर चुनाव लड्दै छौ ?”- लालुले सोधे।
“त्यसो पनि होइन अहिले म आफ्नै राजनैतिक पार्टीबाट चुनाव लड्छु। अरू पार्टीहरू सबै भ्रष्टाचारी भएपछि मैले आफ्नै पार्टी दर्ता गरेर फर्केको छु। मुर्खमणिले जानकारी गरायो।
“ए ए. हो र ? अनि उमेदवार कुनकुन क्षेत्रबाट छन् ?” – उनले सोधे।
“लगभग सबै क्षेत्रबाट उठाउने प्रयासमा छु। अहिले हाम्रो जित पनि निश्चित छ। किन कि सबैजसो राजनैतिक पार्टीबाट जनताहरू आक्रोशित देखिन्छन्। त्यसले मेरो जित निश्चित छ।”- मुर्खमणिले आफ्नो प्रशंसा गर्दै भन्यो।

“अनि बाबुको पार्टीको नाम के हो नि ?”- लालुले बुझ्न खोजे।
“हाम्रो पार्टीको नाम “अपराध शाखा” हो । यो एक प्रकारको वैकल्पिक व्यवस्था हो । हाम्रो पार्टीमा आर्थिक उन्नति गर्नेहरूलाई स्वतन्त्रता दिने गरिन्छ।”- मुर्खमणिले जानकारी गरायो।

“उफ् ! अपराधीहरूले पनि मौकामा चौका हानेका छन्।”- लालुले मनैमन भने।

०००
दाङ घोराही १८
१६-११-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x