साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

बेला यही हो पाेइल जाने, जाे जाँदैन ऊ झत्ते हुन्छ म कमरेटले जे बाेले पनि सत्ते हुन्छ लुटेको राेकडाेकाे खाेजी गर्ने डर भयाे भने फाल्दिने हो हड्डी काम फत्ते हुन्छ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

१.
धामी जाेइल गइन् धुसाल पाेइल गए
माधौ पाेइल गए भीम पाेइल गए
भाेलि पछुताउनु पर्ला है नेताहरू हो
बेला छँदै पाेइल नजाने भए ।।

२.
कमरेटकाे तगडो भन्दा तगडो भिजन छ
जङ्गलबाट दरबार पस्नुको खास रिजन छ
सहर पसेर पनि एकै ठाउँ को थुप्रिन्छ
राजनीतिमा पोइल जाने सिजन छ ।।

३.
उनेर्लाई पनि विदेशमै राख्नुपर्च भनेकै छु
लुटेकाे पैसा भरिया लाएर गनेकै छु
सबै डढाएँ भन्दा हौ, त्याे ता कति पनि हैन
अझ पनि म ता खरबपति बनेकै छु ।।

४.
बेला यही हो पाेइल जाने, जाे जाँदैन ऊ झत्ते हुन्छ
म कमरेटले जे बाेले पनि सत्ते हुन्छ
लुटेको राेकडाेकाे खाेजी गर्ने डर भयाे भने
फाल्दिने हो हड्डी काम फत्ते हुन्छ ।।

५.
पोइल जाने निर्णय गरिहाल नगरे भाग्यको पिलो हाेला
गरिहाल्यौ भने लादी भुँडी पनि फिलाे होला
चानसमा डानस गरिहाल है कमरेट हो
नत्र आफ्नै कारनले ढिलो होला ।।

०००
बालुवाटार,
८:२०/०८२/८/६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x