साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध भए पनि जो जन पूज्य छ

देख्छ हिमालय वृद्ध उठीकन सोच भयङ्कर राख्छ सदा हो शिवझैँ प्रिय निक्खर उज्ज्वल ध्येय सनातन छर्छ प्रभा गौरव नै बन वृद्ध भएजति सञ्चय गर्नु छ यत्न गरी वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।।

Nepal Telecom ad

कविराज घिमिरे :

सक्खरको गुण हुन्न तितो अनि दिन्छ सबैतिर यो गुलियो
पार्दछ जो जति वृद्ध सफा मन वास्तवमा गिरिझैँ चुलियो
बर्कतको रस सुक्छ तथा बरु मानव चिन्तन बस्छ छरी
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।। १

पर्वत फोर्दछ गाउँ बनाउँछ छन् श्रमका बल मान्य अरू
ज्ञान सिकाउँछ भक्ति जगाउँछ सृष्टि थमाउँछ वृद्ध अरू
मापन हौंँ सब वृद्धहरू अब सत्य हराउन सक्छ झरी
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।। २

इज्जतको फल बाँड्न सबैतिर धाउनु पर्दछ वृद्ध बनी
दम्भ र लालच छोड्दछ जो जन जीवनमा अनि बन्छ धनी
कर्म सिकाउन पूर्ण बनाउन लाग्दछ जो नर बन्छ हरि
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।। ३

देख्छ हिमालय वृद्ध उठीकन सोच भयङ्कर राख्छ सदा
हो शिवझैँ प्रिय निक्खर उज्ज्वल ध्येय सनातन छर्छ प्रभा
गौरव नै बन वृद्ध भएजति सञ्चय गर्नु छ यत्न गरी
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।। ४

दुःख हुँदा पनि रम्छ सधैँभरि सारथि ऊ खुद सन्ततिको
धर्मपरायण हो प्रिय बासन द्वार खुला नित उन्नतिको
श्रीप्रद कोमल शुद्ध प्रभाकर वृद्ध सुधारस बन्छ जरी
वृद्ध भए पनि जो जन पूज्य छ बन्दछ नायक लोकभरि ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x