साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी वृद्ध हुन् अनुभवी जगका विशिष्ट सम्मान्य पूज्य र प्रतिष्ठित लब्ध शिष्ट बस्छन् कसी सदनमा सबको लगाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥

Nepal Telecom ad

अनन्तकुमार बस्नेत :

पीडा खपेर जगमा सुविचार छर्ने
सञ्चेतको घट बिहान र साँझ भर्ने
हुन् जून घाम अथवा सब धर्मधाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥१

चैतन्यको नवदियो दिनरात बाल्ने
सन्मार्गमा पयर यी अविराम चाल्ने
हुन् कृष्ण वा भुवनका बलराम राम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥२

सन्तानको हित निमित्त सगर्व खट्ने
रक्षार्थ यो जमिन दुस्मनसाथ लड्ने
हुन् ज्ञानका अति समुज्ज्वल दीप्त घाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥३

सम्पूर्ण जीवन दिएर समाजलाई
बस्ने सुधांशु जसरी नित मुस्कुराई
हुन् केन्द्रबिन्दु घरका किमती ललाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥४

यी वृद्ध हुन् अनुभवी जगका विशिष्ट
सम्मान्य पूज्य र प्रतिष्ठित लब्ध शिष्ट
बस्छन् कसी सदनमा सबको लगाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥५

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x