साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी वृद्ध हुन् अनुभवी जगका विशिष्ट सम्मान्य पूज्य र प्रतिष्ठित लब्ध शिष्ट बस्छन् कसी सदनमा सबको लगाम यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥

Nepal Telecom ad

अनन्तकुमार बस्नेत :

पीडा खपेर जगमा सुविचार छर्ने
सञ्चेतको घट बिहान र साँझ भर्ने
हुन् जून घाम अथवा सब धर्मधाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥१

चैतन्यको नवदियो दिनरात बाल्ने
सन्मार्गमा पयर यी अविराम चाल्ने
हुन् कृष्ण वा भुवनका बलराम राम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥२

सन्तानको हित निमित्त सगर्व खट्ने
रक्षार्थ यो जमिन दुस्मनसाथ लड्ने
हुन् ज्ञानका अति समुज्ज्वल दीप्त घाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥३

सम्पूर्ण जीवन दिएर समाजलाई
बस्ने सुधांशु जसरी नित मुस्कुराई
हुन् केन्द्रबिन्दु घरका किमती ललाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥४

यी वृद्ध हुन् अनुभवी जगका विशिष्ट
सम्मान्य पूज्य र प्रतिष्ठित लब्ध शिष्ट
बस्छन् कसी सदनमा सबको लगाम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ॥५

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x