साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हानोस् झटारो छिटो

छन् सामन्त नयाँ नयाँ मुलुकमा खाएर कालो धन सेखी गर्न तयार छन् अझ तिनै गिर्दैन पापी मन आँखा कानुनको परेन तिनमा छन् नोटका जो बिटो फित्कौली अब भ्रष्टका उपरमा हानोस् झटारो छिटो॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

जो जो पुग्दछ बस्न उच्च पदमा बिक्छन् खुराफातमा
लाग्छन् दाम बटुल्न खातिर तिनै यो राष्ट्रको घातमा
गाँज्यो लौ अब देश झन् विकृतिले ऐश्वर्य पारे पिठो
फित्कौली अब भ्रष्टका उपरमा हानोस् झटारो छिटो॥१

धेरै शुल्क र दस्तुरी पनि बढे झन् मूल्य चर्को भयो
आगो शोषणको धपक्क छ यहाँ सातो सबैको गयो
बाँच्ने हो कतिसम्म घायल बनी यो जिन्दगानी टिठो
फित्कौली अब भ्रष्टका उपरमा हानोस् झटारो छिटो॥२

घोटी हाड हुँदैन आय गतिलो चल्ने गुजारा पनि
कैयौँ लोक फसे विदेश दगुरे कैयौँ दुखी छन् अनि
नेपाली कति बाँच्न बाध्य रहने खाएर खोले गिठो
फित्कौली अब भ्रष्टका उपरमा हानोस् झटारो छिटो॥३

छन् सामन्त नयाँ नयाँ मुलुकमा खाएर कालो धन
सेखी गर्न तयार छन् अझ तिनै गिर्दैन पापी मन
आँखा कानुनको परेन तिनमा छन् नोटका जो बिटो
फित्कौली अब भ्रष्टका उपरमा हानोस् झटारो छिटो॥४

बस्छन् शब्द चपाइ भाव पिउँदै नेपालवासी कति ?
होस् साहित्य समाज देश हितमा पीयूष धारा जति
साराको मन पेट भर्न रसको लौ भोज पाकोस् मिठो
फित्कौली अब भ्रष्टका उपरमा हानोस् झटारो छिटो॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rana Bahadur Budhathoki
Rana Bahadur Budhathoki
10 months ago

कसिलो दरिलो प्रहार छ दामी

Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
1
0
Would love your thoughts, please comment.x
()
x