साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दादावाद उर्फ डनवाद !

हारेका छन् मुलुकभर नै, कार्य–सिध्दान्त–नीति । चर्का –झर्का डनमत बढी, देशमा चल्छ भीति ।। लाठी गोली, बम गनसँगै, चल्छ विस्फोट उग्र । चुल्ठे –साँढे, सडक डन नै, बाउँछन् भ्रष्टतुण्ड ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

जूडो– लाठी, झलल खुकुरी, चुप्पी– तर्बार– भाला ।
बाेक्दै नाच्ने मसल–डनकै, बन्दछन् भव्य — शाला ।।
धक्का–मुक्का विजय पथको गर्विलो शान मान ।
हुल्लड्बाजी नियम यिनकाे वायु चल्छन् अपान ।।१।।

ट्यापे–मुन्द्रे , खल– बल नयाँ, कुण्डले शुण्ड–मुण्ड ।
चुल्ठे–साँढे सडक सदनै बन्दछन् वक्रतुण्ड ।।
मन्त्री–नेता दलपति सबै, गर्दछन् ‘जी—हजूरी ।
चुल्ठे बोल्दा, खरबपतिका, रुक्दछन् रुद्रघण्टी ।।२।।

हारेका छन् मुलुकभर नै, कार्य–सिध्दान्त–नीति ।
चर्का –झर्का डनमत बढी, देशमा चल्छ भीति ।।
लाठी गोली, बम गनसँगै, चल्छ विस्फोट उग्र ।
चुल्ठे –साँढे, सडक डन नै, बाउँछन् भ्रष्टतुण्ड ।।३।।

पार्टी थाेत्रा धनपति कयौँ, राष्ट–लुट्ने जमात ।
लुत्रुक्कै छन् डनसित यहाँ आज हाम्रो समाज ।।
मुड्की सास्ती बलजफतले राज्य चल्छन् र ढल्छन् ।
आऊ भन्छन् पछि–पछि सबै तालुमा आलु फल्छन् ।।४।।

पुत्ला नाच्छन् परमुलुकका राज गर्छन् छुचुन्द्रा ।
जम्मै हाम्रा दल खल हुँदा माैलियाे द्वन्द्व हिंसा !!
जाे छन् ठूला दलभर बसे स्याल ब्वाँसा छुचुन्द्रा ।
जन्मे धेरै गुट र गुटिका वाजनेता भुतुङ्गा ।।५।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x