साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुधार केन्द्रका नेताहरू

नेता सुधारिन कठिन कुरा होइन, यदि उनीहरूले वाचा पूरा गर्ने, पारदर्शी हुने, जनताको आवाज सुन्ने, र कुर्सीलाई सेवा मान्ने यति गर्न सके— देश आफैँ बदलिन्छ।

Nepal Telecom ad

कुलप्रसाद घिमिरे :

एक दिन नेपालमा अनौठो खबर फैलियो— सरकारले एउटा नयाँ ठाउँ खोलेछ: “नेता सुधार केन्द्र”। यहाँ जुनसुकै राजनीतिक दलका नेता आएर आफू सुधारिन सक्छन् भनी प्रचार भयो। जनताले त हात जोडेर भने—
“अब त देश बन्छ कि !”

पहिलो दिन: वाचा–प्रतिज्ञा सेसन
नेताहरूलाई एउटा कक्षामा राखियो। शिक्षकले भने, “यहाँ तपाईंले दिएको वाचा पूरा गर्न सिकाइन्छ।” सबै नेता एक–अर्कालाई हेरेर हाँसे। एकजनाले भने, “वाचा त चुनावमा मात्रै दिनुपर्ने होइन र ?”

शिक्षकले मुस्कुराउँदै भने, “यहाँ त चुनाव हरेक दिन जस्तै हो, किनकि जनता हरेक दिन तपाईँसँग उत्तर खोज्छन्।”
नेताहरू एकछिन चुप लागे—किनकि यस्तो कुरा त उनीहरूले पहिले कहिल्यै सुनेका थिएनन्।

दोस्रो दिन: ‘कुर्सी भन्दा देश’ सेसन
अर्को दिन शिक्षकले कुर्सी ल्याए, ठूलो, सुनौलो, चम्किलो। नेताहरू दौडेर कुर्सी तर्फ लागे, तर कुर्सीमा टाँसिएको कागजमा लेखिएको थियो—
“जो यो कुर्सीमा बस्छ, उसले पाँच वर्ष देशको लागि मात्र काम गर्नुपर्छ।” कुरो सुन्नासाथ सबै नेता बिस्तारै पछि हटे।
तीन–चारजनाले त तर्क दिए— “हामीलाई कुर्सी चाहिन्छ, तर काम त हाम्रा कार्यकर्ताले गरिदिन्छन् !”
शिक्षकले निकै मायाले भने, “नेताजीहरू, कुर्सी सेवा हो, सुविधा होइन।” नेताहरू पहिलो पटक सोच्न बाध्य भए।

तेस्रो दिन: जनताको आवाज सुनाइने सेसन
यस कक्षामा एउटा चकित पार्ने कुरा थियो। भित्तामा ठूला–ठूला स्पिकर झुण्ड्याइएका थिए। त्यहाँबाट जनताको आवाज बज्थ्यो—
“रोजगार कहाँ ?”
“सडक कहिले बन्यो ?”
“बिजुली कहिले आयो ?”
“चुनावपछि त नेताजीले फोन उठाउन पनि छोड्नु भयो !”
आवाजहरू यस्तो तिखा थिए कि नेताहरूको कान नै रातो भयो। कसैले त कान बन्द गर्दै भने— “हामीले त यस्तो आवाज सुन्ने बानी नै पाएका छैनौँ।”
शिक्षकले उत्तर दिए— “त्यसैले त सुधार केन्द्र खुलाएको छ।”

अन्तिम दिन: मूल्याङ्कन तथा समीक्षा
चार दिनसम्म तालिम पाएपछि सबै नेतालाई एक प्रश्न सोधियो:
“अब तपाईंहरूको पहिलो काम के हो ?”
पहिलो नेताले भने— “जनतासँग खुलेर कुरा गर्ने।”
दोस्रोले भने— “पारदर्शिता कायम गर्ने।”
तेस्रोले भने— “परिवारवाद हटाउने।”
अन्तिम लहरमा बसेका एकजना नेताले भने— “यो केन्द्र ५ वर्ष चलोस्, हामी फेरि फेरि सुधारिन आइरहन्छौँ।”
सबै जनाले जोडको हाँसो हाँसे— पहिलो पटक नेताहरूले मजाक होइन, सत्य बोलेझैँ लाग्यो।

नेता सुधारिन कठिन कुरा होइन, यदि उनीहरूले वाचा पूरा गर्ने, पारदर्शी हुने, जनताको आवाज सुन्ने, र कुर्सीलाई सेवा मान्ने
यति गर्न सके— देश आफैँ बदलिन्छ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोट, भोज र बलिदान

भोट, भोज र बलिदान

कुलप्रसाद घिमिरे
बालराम र वृद्धाराम

बालराम र वृद्धाराम

कुलप्रसाद घिमिरे
आवरण र आत्माको धुलो

आवरण र आत्माको धुलो

कुलप्रसाद घिमिरे
सपनाको खेती र भोको पेट

सपनाको खेती र भोको...

कुलप्रसाद घिमिरे
अक्षरको भोक

अक्षरको भोक

कुलप्रसाद घिमिरे
नेपाली हेरेको हेरै

नेपाली हेरेको हेरै

कुलप्रसाद घिमिरे
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x