साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो जेठो छोरो

कलुषित मनमा षड्यन्त्रको कन्ती बसाल्दैछ मुखौटो भित्रैबाट र्‍याल चुहाउँदै दासहरूको नायक बन्ने दाउमा अङ्गेरीको फेदमा छेकिएर थरकी बिछ्याउदै छ मेरो जेठो छोरो।।

Nepal Telecom ad

शम्भु गजुरेल ‘कुनाघरे काइँलो’:

​पहिले नै जन्मेको
माया र छाया पाएको
झरी र खडेरी खाएको
आस्थाको सरोवर
आशाको धरोहर
मेरो जेठो छोरो।।
​तोते बोल्दै
जुँगा तान्यो
काँध चढी लात्ती हान्यो
कलिलो हाँसो निस्फिक्री हाँस्दै
टुप्पीको फेदमा सु-सु गर्‍यो
पञ्चामृतमा रम्न पायो
व्यञ्जन मीठा सधैं खायो
कुलको मान
आफ्नो शान
मेरो जेठो छोरो।
​पोषणको पोष
जवानीको जोश
मातमा मदहोस
कुँडेको दूध झैँ उम्लिन थाल्यो
साँढे झैँ कुर्लन थाल्यो
लैना बाच्छीमा लहसिने
बेत बसेकीतर्फ बहकिने
बहादुर राजकुमार जस्तै
बगालियो
आसनको उत्तराधिकारी
मेरो जेठो छोरो।
​सुकृत्य निरीहको निशान
कुकृत्य बडाको शान
मन्त्र मान्थ्यो यही
लतारेर बाली
जलाएर बस्ती
झपारेर चेला
निखारेर विरोधी
रजाइँको सिक्री बनाउँदै गर्दा
मेरो महल ढल्यो
गर्ल्याम्म
अत्तालिँदै वनबास हानियो
मेरो जेठो छोरो।
​कालान्तरमा
जोगी भएका दौँतरी
बिरक्तिएका चिलिमे
छरिएका सिठुवा
छिचिण्डिएका लम्पटहरू
अङ्गेरीको फेदमा झुम्मिएर
मलमलमा अङ्गार छर्दैछन्
अमृतमा नुन घोल्दै छन्
हजारौँलाई वास दिने
कल्पवृक्षमा दोष खोज्दैछन्
टोड्कामा लुकेको सर्प देखाएर
कलुषित मनमा
षड्यन्त्रको कन्ती बसाल्दैछ
मुखौटो भित्रैबाट
र्‍याल चुहाउँदै
दासहरूको नायक बन्ने
दाउमा
अङ्गेरीको फेदमा छेकिएर
थरकी बिछ्याउदै छ
मेरो जेठो छोरो।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
समाचार

समाचार

शम्भु गजुरेल
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x