साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छद्म छायाहरू

चौतारो उही छ, सिंहासन फेरिँदैनन् तर पात्रहरू फेरिन्छन्; साँघुरिँदै गएको चौघेरोमा आज पनि ती छद्म छायाहरू सल्बलाइरहेका छन्।

Nepal Telecom ad

शम्भु गजुरेल “कुनाघरे काइँलो”:

राजधानीको पुरानो चौतारोमा वर्षौंदेखि एउटा अनौठो मेला लागिरहेथ्यो— जस्तो कि एउटा जीवित चित्रकला, जहाँ रङहरू बोल्थे तर तिनको बोली झूटो हुन्थ्यो। चार कुनामा चार सिंहासनका बीच देशको नक्सा अङ्कित झण्डा लहराइरहेको थियो, जो कुनै स्वतन्त्र हावाको लहर नभई कठपुतलीको डोरीको झट्का थियो।

पूर्वको रातो सिंहासनमा “क्रान्ति” का समर्थकहरू परिवर्तनको नारा लगाउँथे, तर पछि तिनै जिब्राहरू चिया पसलको धुवाँमा मिसिएर ठेक्का र कमिसनको गणितमा रमाउँथे। पश्चिमको निलो सिंहासनमा “प्रजातन्त्र” को धमिलो अक्षरमुनि स्वतन्त्रताको गीत गुञ्जिन्थ्यो, तर गायकहरू विदेशी धुनमा नाच्ने बाँदरझैँ लर्बराउँथे।

दक्षिणको गाढा हरियो सिंहासनमा “राष्ट्रवाद” को उज्यालो झण्डाको छायाँभित्र सीमाना साटासाट गर्ने कालो हस्ताक्षर चलिरहेको हुन्थ्यो। अलि पर रङविहीन “अवसरवाद” को सिंहासनमा छेपारोझैँ रङ बदल्ने समर्थकहरू सबै रङ बेचेर खल्ती भर्थे। मलाई ती सिंहासन देखेर होइन, त्यहाँ उक्लिन तछाडमछाड गर्ने, काँधमा झण्डा बेरेर खल्तीमा देश बेच्ने कागज लुकाउने आफन्त देखि डर लाग्यो।

चौतारो उही छ, सिंहासन फेरिँदैनन् तर पात्रहरू फेरिन्छन्; साँघुरिँदै गएको चौघेरोमा आज पनि ती छद्म छायाहरू सल्बलाइरहेका छन्।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
समाचार

समाचार

शम्भु गजुरेल
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
वरदान

वरदान

रमेश समर्थन
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x