साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग्यास सिलिन्डरको आत्मकथा

धर्तीको कुन गर्भमा कति बसेँ जन्मेँ कहाँ के थिएँ मेरो जीवनमा कहाँ र कसरी घुम्दै म भौँतारिएँ मेरा बन्धु र इष्टमित्र अब छन् कस्ता समस्याबिच मेरो जीवनमार्गको अब कथा मान्छेहरू हो खिच ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

आत्मा जन्म इरानका मुलुकमा ठोक्रो यता भारत
भान्सामा छु हरेकका घरघरै सेवार्थ भर्नारत
वास्ता कत्ति थिएन आज सबले खोज्छौ मलाई किन ?
मौकामा चिज चिन्नुपर्छ जन हो चाँडै मलाई चिन ।

डल्ले शब्द हियाउँदै अघि भन्यौ भारी छ बोक्नै भन्यौ
मेरो तौल घटेर आज हलुको बन्दा उचाल्ने भयौ
खाँचो आज बुझेर भित्र घरमा थन्क्याउँछौ भन्दछु
लोभी छौ व्यवहार भाव मनको तिम्रो सबै जान्दछु ।

खाँचो छैन भने उता चहुरमा पल्टाउँछौ फाल्दछौ
जाडो घाम झरी र बादल हुरी सेकाउँदै ढाल्दछौ
मेरो मूल्य कहाँ बुझ्यौ र पहिले सोच्यौ कि एकैछिन ?
खाँचो आज परेर खोजबिनका नाता लगायौ किन ?

बन्दी जीवन बाँच्न बाध्य म भएँ खै घाम कस्तो हुने
मैले खुल्न हुँदै हुँदैन कहिल्यै के हाँस्नु के हो रुने
घेरा बन्धन छन् फलाम छ कडा उम्केर जाऊँ कता
बाटो बन्द भएर गुम्सिन पुगेँ खुल्दैन छानो यता ।

आफैँभित्र म राख्न सक्तछु कडा उत्सर्ज गर्ने चिज
यस्तो धारण गर्नु काम सजिलो हो हैन आफैँ बुझ
खाई हण्डर ताप राप सहँदै छाडेर जन्मस्थली
सेवा गर्न यता म हाजिर भएँ सर्वोच्च भूमण्डली ।

धर्तीको कुन गर्भमा कति बसेँ जन्मेँ कहाँ के थिएँ
मेरो जीवनमा कहाँ र कसरी घुम्दै म भौँतारिएँ
मेरा बन्धु र इष्टमित्र अब छन् कस्ता समस्याबिच
मेरो जीवनमार्गको अब कथा मान्छेहरू हो खिच ।

ए! मान्छे अनमोल रत्न बनिने इच्छा छ तिम्रो भने
केही खारिन सक्नुपर्छ तपमा जस्तो म आफू बनेँ
तिम्रा चिन्तन बाहिरी विषयका देखेर दङ्गै छु म
केही धैर्य गरी गुणी बन तिमी सन्देश यो दिन्छु म ।।

०००
विकास चोक , भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x