साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रशंसाको गीत

अनि आत्मरतिको शिखरमा उक्लेर नियाल्छु अहमताका आँखाले आफ्नै सिर्जनाका फाँटहरु ! भ्रमका पँखेटाहरु लगाएर अझैमाथि, अझैमाथि पुग्छु झन माथि माथि पुग्छु र गाउन थाल्छु आफ्नै प्रशंसाको गीत !

Nepal Telecom ad

लीलाराज दाहाल :

जबदेखि
गजलको रथ कस्तो हुन्छ भनेर थाहा पाएँ
छोडिदिएँ चढ्न गजलको रथ !

जबदेखि
कविताको महल कस्तो हुन्छ भनेर थाहा पाएँ
त्यागिदिएँ कविताको महललाई !

जबदेखि
कथाको खर्पन कस्तो हुन्छ भनेर थाहा पाएँ
भाँचकुँच पारेर फ्याँकिदिएँ कथाको खर्पनलाई !

जबदेखि
उपन्यासको पर्खाल कस्तो हुन्छ भनेर थाहा पाएँ
जताततैबाट प्रहार गरेर
गर्ल्यामगुर्लुम ढालें
उपन्यासको पर्खाललाई !

जबदेखि मुक्तकको छडी कस्तो हुन्छ भनेर थाहा पाएँ
टाढा टाढा पुग्ने गरी
मिल्काइदिएँ मुक्तकको छडीलाई पनि !

अचेल म मुक्त छु
यी गजल, कविता, कथा, उपन्यास र मुक्तकबाट !

अचेल त केवल गनगन लेख्छु
अचेल त केवल गाली लेख्छु
अचेल त केवल मनका गथासा लेख्छु
अचेल त मनका कुण्ठा लेख्छु !

अनि आत्मरतिको शिखरमा उक्लेर
नियाल्छु अहमताका आँखाले
आफ्नै सिर्जनाका फाँटहरु !
भ्रमका पँखेटाहरु लगाएर
अझैमाथि, अझैमाथि पुग्छु
झन माथि माथि पुग्छु
र गाउन थाल्छु आफ्नै प्रशंसाको गीत !

०००
वागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोन

फोन

लीलाराज दाहाल
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x