अर्जुन दाहाल (क)आधा सत्य आधा भ्रम- ७
तर खान बस्न, गाडीको किस्ता, फोनको किस्ता, गाडी तेल, इन्स्योरेन्स, यतात्यता, हल्का दरु खर्च आदि त्यो फल्ने रुखबाट फल चोरी गर्ने दुस्मनहरु हुन्। अन्त्यमा पैसाको बोट त भेटियो तर टिपेर गोजीमा हाल्ने बेला हात रित्तो।

अर्जुन दाहाल (क) :
विदेशमा पैसाको बोट छ भनेर सुनिएको थियो आएपछि देखियो। पैसाको बोट त कतिकति। तर टिप्न नभ्याउँदा भने झरेर कुहिने, अर्कैले लगिदिने चिन्ताले निन्द्रा हराम।
पोहोर साल मात्र ४९ लाख तिरेर अमेरिका प्रवेश गरेका एक जना शिक्षक साथीलाई हिँजो भेट्ने मौका पाएँ। उहाँले आफ्नो किस्ताबन्दीमा किनेको ताजा फोनबाट क्याल्कुलेटर दबाउँदै हिसाब देखाउनुभयो।
म रोल्पा जिल्ला सदरमुकाममा रहेको बोर्डिङ सकुलमा महिनाको १४ हजार कमाउँथे। त्यो भनेको २४ दिन हो र घण्टामा बदल्दा कम्तिमा १४४ घण्टा हो। १४ हजारलाई १४४ ले भाग लगाउँदा लगभग ९८ रुपैयाँ घण्टाको मत्लब लगभग ९० सेन्टस् ( १ डलर भन्दा कम) पर्न आउँने रहेछ। अहिले म घण्टामा नै १४ डलर यनिकी लगभग २००० कमाउछु। हो यहि हो रुखमा पैसो फलेको, उनले भने।
तर खान बस्न, गाडीको किस्ता, फोनको किस्ता, गाडी तेल, इन्स्योरेन्स, यतात्यता, हल्का दरु खर्च आदि त्यो फल्ने रुखबाट फल चोरी गर्ने दुस्मनहरु हुन्। अन्त्यमा पैसाको बोट त भेटियो तर टिपेर गोजीमा हाल्ने बेला हात रित्तो।
त्यसैले मलाई लाग्छ पैसोको बोट त छ तर चोटको तगारो पनि। गोजी जति सिलाए पनि चुहिने पीर। ४९ लाख ऋण तिर्न बाँकी त साथीले मलाई अन्त्यमा मात्र सुनाए। उताको ऋणको बोट र यता कमाइको बोटको जोड घटाउले नै ज्यानलाई प्रेसर सुगरको रमाइलो यात्रामा पुर्याउने रहेछ।
जे होस्, बोट भेटिएको छ। गोजी चुहिए पनि, फल कुहिए पनि टिप्न छोडिन्न। यी साथीको आधा सत्य आधा भ्रमवाला साहसलाई जै नेपाल, लै सलाम।
०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् )
Subscribe
Login
0 Comments
Oldest






































