बद्रीप्रसाद दाहाल ‘भस्मासुर’नव नव गठुवाले भाउ पार्दैन ठण्डा
नव युवक युवाका जोसिला रक्त बेची । कतिदिन मनमज्जा गर्न सक्छाै त चेपी ।। मुटुसँग कर राखी ब्रम्हले बोल धाेक्रा । नव नव गठकारी बाँधियाे धेर काेक्रा ।।

बद्रीप्रसाद दाहाल :
चरम गरमजस्तै, भाउ बढ्दैछ आज ।
मुलुकभर कतै क्यै, छैन उद्योगकाज ।।
लसुन सुनसँगै छन्,साग खागै समान ।
मितितिथि सकिएका, प्याक झिल्के तमाम । १।।
भुटन र मसलाका माेलले व्याेम ताक्याे ।
फलमल तरकारी भाउले जाक्नु पाक्याे ।।
सडक सकस धूलो, नर्क खाेला र नाला ।
बिस वय धसिएका माेटरै जीर्ण ठाँडा ।। २।।
कसिँगर सडकैमा, श्वानका शौच उत्ति ।
मुखभर महलामा हिँड्दछन् यात्रु हुत्ती ।।
कमिसन घुसखोरी, तस्करीमा छ बन्डा ।
नव नव गठुवाले भाउ पार्दैन ठण्डा ।। ३।।
दिनदिन अझ खस्दै देश झन् डुङ्डुङायाे ।
प्रतिनिधि अधिकांशै लुट्नमै जुम्जुमायाे ।।
कति दिन किनी खाने छैन आम्दानी छैन ।
बलसिप अब पाेखूँ काम नै पाइँदैन ।। ४।।
नव युवक युवाका जोसिला रक्त बेची ।
कतिदिन मनमज्जा गर्न सक्छाै त चेपी ।।
मुटुसँग कर राखी ब्रम्हले बोल धाेक्रा ।
नव नव गठकारी बाँधियाे धेर काेक्रा ।।५ ।।
०००
नीलकण्ठ, धादिङ
Subscribe
Login
0 Comments
Oldest







































