साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार दाता !

"थाहा भयो,पवित्रकान्त र बिन्दासकी बैनी पवित्राको एकीकृत पार्टी बन्यो अरे,हिजै,शिव मन्दिरमा! " चिया गफ। " पुरस्कार दाताको लीला बुझ्नै गाह्रो ।"

Nepal Telecom ad

धनराज गिरी :

दौलतपुरमा कार्यक्रम ! अति भव्य । साहित्यिक पुरस्कार । पुरस्कार पनि कम रकमको होइन, रू १४५००००, नेपालमा सर्वोच्च अङ्क। पुरस्कार पाउने स्रष्टा ” मदनदास बिन्दास!” भर्खर दोस्रो विवाह गरेको, पहिलो पत्नी प्लेन क्र्यासमा परिन्। बिहे गरेको भन्ने मात्र, अर्काकी पत्नी उडायो, बाली बन्यो। पुरस्कार दाताको नाम गोप्य। मदनदास बिन्दास पत्नी र एकल भएकी अनुजा “तनुजा” सहित, २६ वसन्तकी तनुजा अति राम्री,पति बाइक दुर्घटनामा,बिहे गरेकै सालमा। “पोइ टोटुवा” भने, घरमा, माइत दाजुको शरणमा।

“पुरस्कार दाता पवित्रकान्त झकासलाई मञ्चमा आउन हुन अनुरोध गरिन्छ।” उद्घोषकको काम, लियो नाम, सातो गयो मदनदासको, किन कि उसको वर्तमान पत्नीको पूर्व पति थियो ऊ,पुरस्कार दाता। “जार र साधु” मिलन, भीडमा गुसुरफुसुर, खासखुस, नेपाली काइदा, जे गरे पनि फाइदा।

“उहाँले मलाई ठूलो गुन लगाउनुभयो, बिन्दासजीको ऋण तिर्न सक्दिन, यो पुरस्कार ग्रहण गरेर मलाई अलिकति हल्का गराउन हुन हार्दिक अनुरोध गर्दछु। “झकासजी। ताली परररर। “यो मान्छे पत्नीपीडित हो पक्का, किन कि भित्र भित्र देवीजीहरू अझ” ककासानारा “वाली परे त,हरे शिव हो !” एक लालबुझक्कड । “होइन होला, मुला अति धनी, भित्र भित्र कतिवटीसित राशलीला हो, नाम पवित्र, काम विचित्र भएर हुन्छ र ?” अर्को अजासु। उता बैनी अति खुशी, भाउजूको अनुहारमा कुनै भाव छैन।

“थाहा भयो, पवित्रकान्त र बिन्दासकी बैनी पवित्राको एकीकृत पार्टी बन्यो अरे, हिजै, शिव मन्दिरमा ! “चिया गफ। पुरस्कार दाताको लीला बुझ्नै गाह्रो ।”

“आफ्नै पूर्व पत्नीको ससुराली,क्या लीला,कि उत्तरआधुनिक नाता ?” गोपीले सोध्यो। “यो त आगमन र निर्गमन दुबै गोपीजी !” गोकर्ण मल्ल। “बार्टर सिस्टम !” गोपी।

०००
चितवन, हाल- क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x