हरिप्रसाद उप्रेतीसत्ताको खेला
राल बगेको र पुछेको त देखेकै होला ज्योतिषीको परेकोछु म फेला बनाउनु भत्काउनु त देब्रे हातको खेला पद पाउनकै लागि हो मेरो चोला ।।

हरिप्रसाद उप्रेती :
त्यो पद सम्झिरहेकोछु
दिनमा धेरै पल्ट सम्झन्छु
दिन गनेर म विस्मृत बन्छु
सम्बन्ध कसिलो छ भन्छु ।।
सम्बन्ध टुट्ला भनेर विह्वल हुन्छु
पालो पर्खन जे पनि हुन्छ भन्छु
कहिले संख्याका टाउका गन्छु
बक्बक् गर्नेलाई चुपलाग भन्छु ।।
सम्बन्धलाई कसिलो बनाउँछु
मैले भन्नु पर्ने अरूलाई भनाउँछु
कहिले कुलहरूलाई सताउँछु
कहिले उमेरको हद हटाउँछु ।।
राल बगेको र पुछेको त देखेकै होला
ज्योतिषीको परेकोछु म फेला
बनाउनु भत्काउनु त देब्रे हातको खेला
पद पाउनकै लागि हो मेरो चोला ।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































