
तीन ठाेक्तक
मेरो जस्तो अभिनय कसले गर्न सक्छ ? यता नास्तिक उता आस्तिक झुक्याएर आएँ !

लीलाराज दाहाल :
१)
कसैको कुरा सुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
मनमा केही गुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
हातेमालो गर्दै हिँडे पो त, चुमिन्छ गन्तव्य सजिलै
कसैलाई नि चुन्दैनौ, मुर्रा ठान्छौ कि क्या हो आफूलाई ?
२)
श्रीमती जोगाउने अश्त्र भो गणतन्त्र
आरोपी भगाउने अश्त्र भो गणतन्त्र
धेरै कुरा पो देखिन्छ बाँचियो भने
लुटेरा मोटाउने अश्त्र भो गणतन्त्र !
३)
लुरे नै छु तर सबलाई मुक्याएर आएँ
भ्रमण गरेँ, भ्रमको सातु बुक्याएर आएँ
मेरो जस्तो अभिनय कसले गर्न सक्छ ?
यता नास्तिक उता आस्तिक झुक्याएर आएँ !
०००
वागमती ११, कर्मैया, सर्लाही
Subscribe
Login
0 Comments
Oldest