साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपमान

चढाउँदा फूल थुँगा अपमान भारी । दुर्गन्धका हात पुगे रुन्छन् आँसु झारी ।। यस्ता शव्द सुन्न पनि खुल्नुपर्छ कान । मुटुभित्र बग्नुपर्छ स्वराष्ट्रछको गान ।।

Nepal Telecom ad

हरि खनाल :

सिफलको उकालीमा कोही बोलेजस्तो ।
हावासँगै भित्री कुरा सबै खोलेजस्तो ।।
हामी बल्यौँ बल्दै ढल्यौँ उज्यालाका लागि ।
कल्ले लग्यो त्यो उज्यालो अँध्यारोमै राखी ।।

पचलीको बतासमा यौटा ध्वनि आयो ।
उत्सर्गमा धमिराले किन गुँड लायो ?
सक्दिन म हेर्न यहाँ निशाचरहरू ।
पर सार टेकुबाट एकान्तमा बरू ।।

महाकाली बनेकी छिन् शोभाभगवती ।
थुक्क तिम्रो देहभित्र दुर्गन्ध छ अति ।।
हसिनाको आँसु लियौ मात्रै पियौ खायौ ।
माग्ने भयौ सधैँभरि स्वाभिमान फाल्यौ ।।

सेतो खास्टो हावासँगै फरफर गर्छ ।
आगोजस्तै देखिएर भरभर गर्छ।।
भन्छ तिम्रो देहभित्र बगेको छ ढल ।
चेतनाको मृत्यु भयो भोग्नुपर्ला फल ।।

फूलमाला चढाएर किन पार्ने स्वाङ ?
आफ्नो माटो बिहाल छ जताततै भ्वाङ ।।
आफैँलाई नचिन्नेले दुनियाँ के चिन्छ ?
पोल्टो रक्षा नगर्नेले भुईँको के लिन्छ ??

चढाउँदा फूल थुँगा अपमान भारी ।
दुर्गन्धका हात पुगे रुन्छन् आँसु झारी ।।
यस्ता शव्द सुन्न पनि खुल्नुपर्छ कान।
मुटुभित्र बग्नुपर्छ स्वराष्ट्रछको गान ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x