
अपमान
चढाउँदा फूल थुँगा अपमान भारी । दुर्गन्धका हात पुगे रुन्छन् आँसु झारी ।। यस्ता शव्द सुन्न पनि खुल्नुपर्छ कान । मुटुभित्र बग्नुपर्छ स्वराष्ट्रछको गान ।।

हरि खनाल :
सिफलको उकालीमा कोही बोलेजस्तो ।
हावासँगै भित्री कुरा सबै खोलेजस्तो ।।
हामी बल्यौँ बल्दै ढल्यौँ उज्यालाका लागि ।
कल्ले लग्यो त्यो उज्यालो अँध्यारोमै राखी ।।
पचलीको बतासमा यौटा ध्वनि आयो ।
उत्सर्गमा धमिराले किन गुँड लायो ?
सक्दिन म हेर्न यहाँ निशाचरहरू ।
पर सार टेकुबाट एकान्तमा बरू ।।
महाकाली बनेकी छिन् शोभाभगवती ।
थुक्क तिम्रो देहभित्र दुर्गन्ध छ अति ।।
हसिनाको आँसु लियौ मात्रै पियौ खायौ ।
माग्ने भयौ सधैँभरि स्वाभिमान फाल्यौ ।।
सेतो खास्टो हावासँगै फरफर गर्छ ।
आगोजस्तै देखिएर भरभर गर्छ।।
भन्छ तिम्रो देहभित्र बगेको छ ढल ।
चेतनाको मृत्यु भयो भोग्नुपर्ला फल ।।
फूलमाला चढाएर किन पार्ने स्वाङ ?
आफ्नो माटो बिहाल छ जताततै भ्वाङ ।।
आफैँलाई नचिन्नेले दुनियाँ के चिन्छ ?
पोल्टो रक्षा नगर्नेले भुईँको के लिन्छ ??
चढाउँदा फूल थुँगा अपमान भारी ।
दुर्गन्धका हात पुगे रुन्छन् आँसु झारी ।।
यस्ता शव्द सुन्न पनि खुल्नुपर्छ कान।
मुटुभित्र बग्नुपर्छ स्वराष्ट्रछको गान ।।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest