
बुढ्याैली (काव्य शृङ्खला- ६८)
शिक्षा हाे सर्वव्यापी अगणित गुण याे ज्ञानकाे सभ्य चित्र। दीक्षा बढ्दै छ छाडा समयपरिधिमा नीति तथ्यांकभित्र । धेरै टाढा गएझैँ वयपन रहँदै चेतनाबाट शिक्षा के गर्दा घट्छ हाम्रा मुलुकबिच नयाँ देखिएको समस्या ?।।

देवीप्रसाद मिश्र :
जेठाबा साेध्दै छन्।
आफ्ना सन्तान सारा विविध विषयमा दक्ष पाराैँ भनेर ।
तृष्णाका रास बाेकी जनमन जहिल्यै गर्छ सङ्घर्ष धेर ।।
सङ्ला छन् पक्ष केही झलमल जगमा चेतनाकाे दियालो ।
बल्दै देखिन्छ राम्रो ,तर पनि कतिमा छैन खासै उज्यालो ।।४३४।।
छाेरा छाेरी बुहारी बिच घर घरमा लादिएका विभेद ।
फाल्याैँ सारा पुराना सकस जड प्रथा साथका वर्गभेद ।।
साेचेकाे बन्छ हाम्रो जनहित सबमा मेलखाने समाज।
उल्टो बाटो समायाे विकृति छ सँगमा मान्न छाडेर लाज।।४३५।।
सङ्लाे दाम्पत्य वेला बिस वय नकटी हुन्न भन्ने विधान ।
ताेकेकाे हुन्छ सीमा तर सब यसकाे पालना देखिँदैन ।।
विद्यार्थी पन्ध्र वर्षे लहलह विरुवा याैन उत्तेजनामा
तड्पिन्छन् भावनाले कतिपय बबुरा फँस्दछन् कामनामा ।।४३६।।
साथै अत्यास लाग्ने नियम छ थलमा भ्रूणहत्या अजङ्ग।
माैलायाे वृत्ति मैलो उपल मनखुसी कामनामा छ गङ्ग।
राम्रो देखिन्न हाम्रा अनुज मगजमा पारिलाे लक्ष्य मार्ग।
हेराेस् याे तर्फ हाम्राे सधन परिधिले फाल्न मिल्दैन गर्भ।।४३७।।
शिक्षा हाे सर्वव्यापी अगणित गुण याे ज्ञानकाे सभ्य चित्र।
दीक्षा बढ्दै छ छाडा समयपरिधिमा नीति तथ्यांकभित्र ।
धेरै टाढा गएझैँ वयपन रहँदै चेतनाबाट शिक्षा
के गर्दा घट्छ हाम्रा मुलुकबिच नयाँ देखिएको समस्या ?।।४३८।।
(क्रमशः)
०००
२०८०/६/२८
Subscribe
Login
0 Comments
Oldest