साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ६८)

शिक्षा हाे सर्वव्यापी अगणित गुण याे ज्ञानकाे सभ्य चित्र। दीक्षा बढ्दै छ छाडा समयपरिधिमा नीति तथ्यांकभित्र । धेरै टाढा गएझैँ वयपन रहँदै चेतनाबाट शिक्षा के गर्दा घट्छ हाम्रा मुलुकबिच नयाँ देखिएको समस्या ?।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

जेठाबा साेध्दै छन्।

आफ्ना सन्तान सारा विविध विषयमा दक्ष पाराैँ भनेर ।
तृष्णाका रास बाेकी जनमन जहिल्यै गर्छ सङ्घर्ष धेर ।।
सङ्ला छन् पक्ष केही झलमल जगमा चेतनाकाे दियालो ।
बल्दै देखिन्छ राम्रो ,तर पनि कतिमा छैन खासै उज्यालो ।।४३४।।

छाेरा छाेरी बुहारी बिच घर घरमा लादिएका विभेद ।
फाल्याैँ सारा पुराना सकस जड प्रथा साथका वर्गभेद ।।
साेचेकाे बन्छ हाम्रो जनहित सबमा मेलखाने समाज।
उल्टो बाटो समायाे विकृति छ सँगमा मान्न छाडेर लाज।।४३५।।

सङ्लाे दाम्पत्य वेला बिस वय नकटी हुन्न भन्ने विधान ।
ताेकेकाे हुन्छ सीमा तर सब यसकाे पालना देखिँदैन ।।
विद्यार्थी पन्ध्र वर्षे लहलह विरुवा याैन उत्तेजनामा
तड्पिन्छन् भावनाले कतिपय बबुरा फँस्दछन् कामनामा ।।४३६।।

साथै अत्यास लाग्ने नियम छ थलमा भ्रूणहत्या अजङ्ग।
माैलायाे वृत्ति मैलो उपल मनखुसी कामनामा छ गङ्ग।
राम्रो देखिन्न हाम्रा अनुज मगजमा पारिलाे लक्ष्य मार्ग।
हेराेस् याे तर्फ हाम्राे सधन परिधिले फाल्न मिल्दैन गर्भ।।४३७।।

शिक्षा हाे सर्वव्यापी अगणित गुण याे ज्ञानकाे सभ्य चित्र।
दीक्षा बढ्दै छ छाडा समयपरिधिमा नीति तथ्यांकभित्र ।
धेरै टाढा गएझैँ वयपन रहँदै चेतनाबाट शिक्षा
के गर्दा घट्छ हाम्रा मुलुकबिच नयाँ देखिएको समस्या ?।।४३८।।

(क्रमशः)

०००
२०८०/६/२८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
विचारपथका चेलाहरू हो सुन

विचारपथका चेलाहरू हो सुन

देवीप्रसाद मिश्र
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

देवीप्रसाद मिश्र
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x