साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको १४४ औँ मासिक  सिर्जना वाचन  शहीद विशेष

प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देल विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, गणेश अत्रेय, गङ्गा लिगल, द्वारिका कुइकेलकाे गरिमामय उपस्थिति रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ माघ १९ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४४ औँ मासिक प्रविधिमैत्री स्वतन्त्र तथा शहीद विशेष कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भयाे ।

प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देल विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, गणेश आत्रेय, हरि खनाल, गणेश अत्रेय, गङ्गा लिगल, द्वारिका कुइकेलकाे गरिमामय उपस्थिति रहेकाे थियाे ।

उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा कविता, मुक्तक, सुसेली, चारु, स्वच्छन्द, छन्द रोचक ढङ्गबाट कविहरूले वाचन गरे । सिर्जना देश भक्ति भावले भरिएका जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका तथा लेखनाथमा समर्पित रचना वाचन गरेका थिए । अधिकांश रचना शहीदका वारेमा केन्द्रित थिए, शहीदकै बलिदानीले नेपाली स्वतन्त्र भएकाे भाव व्यक्त गरिएकाे थियाे ।

यस अवसरमा रचना वाचन गर्ने कविहरू दुर्गाप्रसाद सिग्देल- शार्दूलविक्रीडित- बन्ला सुमार्गी नर, भुवनहरि सिग्देल- पञ्चचामर-बँदेल र अमेरिका, डा. बमबहादुर थापा जिताली- सवाई-शहीद कसो भन्थ्ये, गणेश आत्रेय- द्रुतविलम्वित-शहीद, हरि खनाल- शहीद, गङ्गा लिगल- मुक्तक, लक्ष्मीप्रसाद मिश्र- सवाई- शहीद, द्वारिका कुइँकेल- असारे झ्याँउरे- सीमा बेथा, हरिप्रसाद घिमिरे-पञ्चचामर- सम्भावना, हरिप्रसाद चौलागाईं- कता गयो कता गयो, सुशीलकुमार रिजाल-मन्दाक्रान्ता- जिन्दगी, जगदीश्वर पोखरेल-हारिणी- सत्त नशाले खियो, उत्तम भेटुवाल- मन्दाक्रान्ता- जिन्दगी, बिनुबाबा घिमिरे- चारु- हजार, सुरेशचन्द्र घिमिरे -सुशेली र टेकबहादुर लौडारी-उपेन्द्रवज्रा- शहीद, हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित दुर्गाप्रसाद सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको, सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको छ, छन्दको संरक्षण गरेको छ भन्नु हुँदै शहीदले गरेको योगदानको चर्चा गर्नुभयो । समसमयिक अत्यन्त मिठा सिर्जना श्रवण गर्न पाउदा सर्जक मुग्ध भए भन्नु भयो । अभ्यास जति गर्न सक्यो उति सिर्जना माझिदै जान्छन् भन्नु भयो । प्रविधिमैत्री कविगोष्ठी निरन्तर गरिरहेको छ भन्नु भयो ।

विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली प्रमुख अथिथिको कविताको समीक्षा गर्नुभएको थियो । उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा मन्तव्य राख्नु भयो र स्वागत गर्नु भयो ।

कविगोष्ठीको संयोजन कुशल शैलीमा गर्नुभएको थियो । सहभागी सम्पूर्ण सर्जकले शहीदकै वारेमा रचना सुनाए ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले छन्द अभ्यास गर्ने कविले लय र तालमा रचना गर्न सिक्नुपर्दछ । कविता टेडो हुनु पर्दछ । कविता पढेर पाठक झस्किनुपर्दछ भन्नुभयो । छन्द सवा दुईकरोड छन् । आज वाचित कविता गुणस्तरका थिए । कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो । नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो । गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x