साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

विहीन यी कलङ्कका सफेद हैमझैँ बनी प्रधान हेर राष्ट्रका बने अतुल्य चाँदनी सुधा विशिष्ट मातृ हुन् नठान व्यर्थ सन्जना समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।

Nepal Telecom ad

कविराज घिमिरे :

न चैत्र शुष्क मान्दछिन् न मान्दछिन् भदौ हिलो
अतीव प्यार गेहमा छ एकनासको किलो
सुयोग्य पार्न बालमा सदैव हुन्छ चिन्तना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।। १

कुमार हुन् कि यौवना छ ख्याल प्रौढसम्ममा
अघाउँजी बने अरू त्यसै भएर टम्ममा
मुसुक्क हाँस्न सक्तछिन् बुझेर भाव छन्दमा
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।। २

छ तत्त्ववोध मातृमा सुशान्त दृष्टि छन् भला
अनेक जालझेलको चुँडिन्छ तुच्छ शृङ्खला
यिनै सुमेरु बन्दछन् लिएर काख नन्दिना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।। ३

अरू रुँदा हँसाउँछिन् हुँदा अनन्त तापमा
कला छ फुत्त निस्कने परे अजङ्ग कापमा
पवित्र पेय कर्म छन् परोपकार भावना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।। ४

अरू निमित्त जिन्दगी भुटिन्छ शोध को दिने ?
अरू निमित्त सादगी बनिन्छ ध्यान को दिने ?
कहाँ सकिन्छ ? मातृको पुकार गान गर्नमा
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।। ५

विहीन यी कलङ्कका सफेद हैमझैँ बनी
प्रधान हेर राष्ट्रका बने अतुल्य चाँदनी
सुधा विशिष्ट मातृ हुन् नठान व्यर्थ सन्जना
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x