साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चकाे ५७ औँ रचनावाचन कार्यक्रम

अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि एवं समालोचक ठाकुरप्रसाद शर्मा विशिष्ट अतिथि कलानिधि दाहाल, पुरुषोत्तम सिग्देललगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ५७ औँ विद्युतीय प्रसार स्वतन्त्र विधा रचनावाचन भव्य किसिमले सम्पन्न गरेको छ ।

कविगोष्ठी संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि एवं समालोचक ठाकुरप्रसाद शर्मा विशिष्ट अतिथि कलानिधि दाहाल, पुरुषोत्तम सिग्देल, डा. बमबहादुर थापा जिताली, हरि खनाल, गणेश आत्रेय, र गङ्गा लिगल समीक्षक वरिष्ठ कवि खोलाघरे साहिँलो ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।

लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वछन्द, कविता, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जक ठाकुरप्रसाद शर्मा( वसन्ततिलका – वसन्त महिमा), कलानिधि दाहाल (अनुष्टुप् – को फर्कि भन्छ यो घर), पुरुषोत्तम सिग्देल ( भ्रमरावली – नगरी नगरी), डा. बमबहादुर थापा जिताली (अनुष्टुप् – कहाँ छन् बुद्धका आँखा ), हरि खनाल (अनुष्टुप्- कठैबरा), गणेश आत्रेय (भ्रमरावली – निकास), खोलाघरे साहिँलो ( शार्दूलविक्रीडित – कल्ले जित्छ), जनार्दन अधिकारी धड्कन (स्वच्छन्द – अस्तित्वको मूलधारमा), गङ्गा लिगल ( शार्दूलविक्रीडित – हे आमा ममतामयी), दुर्गाप्रसाद सिग्देल (स्रगधरा – मान्छे ), हरिप्रसाद चौलागाईं (स्रग्धरा – धन्य हो धन्य), जगदीश्वर पोखरेल (शार्दूलविक्रीडित – माता यी पतिकी मुमा सरह नै हुन् कर्म माता पनि), सुधा बाँस्कोटा ढकाल (मालिनी – जिन्दगीको कहानी), उत्तम भेटुवाल ( वसन्ततिलका – जिन्दगी), दुर्गा रिमाल अधिकारी (पञ्चचामर – बुबामा समर्पण), बिनुबाबा घिमिरे भण्डारी (विद्युन्माला – आमा), टेकबहादुर लौडारी ( अनुष्टुप् – वर्साऊ शुभकामना ), द्वारिका कुइँकेल ( असारे झ्याउरे – खल्ती चोर ), लक्ष्मिप्रसाद मिश्र ( सवाई – जय बुद्ध ), पवनकुमार बुढाथोकी ( स्वच्छन्द – के ठीक के बेठीक), बालकृष्ण सुवेदी ( असारे झ्याउरे – किसानको श्रम कता), वीरबहादुर लोहनी (असारे झ्याउरे – बुद्ध ज्ञान सन्देश) हुनु हुन्थ्यो ।

प्रमुख अतिथि भण्डारीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नुभयो । स्थापित र नवोदित सर्जकलाई आफ्ना रचना प्रस्तुत गर्ने, सिक्ने सिकाउने अवसर प्रदान गरेको छ भन्नु भयो । कर्मदालाई शुभकामना व्यक्तगर् भएको थियो ।

समीक्षक खोलाघरे साहिँलोले वाचन गरेका सिर्जनाको सुललित किसिमले समीक्ष गर्नु भएको थियो । खोलाघरे साहिँलोको कविताको समीक्षा कलानिधि दाहालले विशिष्ट किसिमल गर्नु भएको थियो ।

अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्थको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x