साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होला कि नहोला ?

भोको पेट नारा लाउने बेरोजगार सोधिरहेछ मेरा लागि गाँस, वास र कपास होला कि नहोला ?

Nepal Telecom ad

खगेन्द्र गिरि कोपिला :

यो देशको उन्नति र विकास होला कि नहोला ?
साँच्चै कसैलाई यस्तो आस होला कि नहोला ?

आकाशबाट खसेर रूखमाथि अड्किए जस्तो
यहाँका गतिरोधको निकास होला कि नहोला ?

भोको पेट नारा लाउने बेरोजगार सोधिरहेछ
मेरा लागि गाँस, वास र कपास होला कि नहोला ?

यौटा प्रश्न अनुत्तरित छ हाम्रो सामुन्नेमा
नेपालमा सुख-शान्तिको आभास होला कि नहोला ?

जसको भर परी मैले यो मुटु चुँडेर दिएँ
ममाथि उसैलाई विश्वास होला कि नहोला ?

चिनो भन्दै रुमाल दिएर जाने परदेशी
मजस्तै आजभोलि उदास होला कि नहोला ?

०००
नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x