साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होला कि नहोला ?

भोको पेट नारा लाउने बेरोजगार सोधिरहेछ मेरा लागि गाँस, वास र कपास होला कि नहोला ?

Nepal Telecom ad

खगेन्द्र गिरि कोपिला :

यो देशको उन्नति र विकास होला कि नहोला ?
साँच्चै कसैलाई यस्तो आस होला कि नहोला ?

आकाशबाट खसेर रूखमाथि अड्किए जस्तो
यहाँका गतिरोधको निकास होला कि नहोला ?

भोको पेट नारा लाउने बेरोजगार सोधिरहेछ
मेरा लागि गाँस, वास र कपास होला कि नहोला ?

यौटा प्रश्न अनुत्तरित छ हाम्रो सामुन्नेमा
नेपालमा सुख-शान्तिको आभास होला कि नहोला ?

जसको भर परी मैले यो मुटु चुँडेर दिएँ
ममाथि उसैलाई विश्वास होला कि नहोला ?

चिनो भन्दै रुमाल दिएर जाने परदेशी
मजस्तै आजभोलि उदास होला कि नहोला ?

०००
नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x