साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

वर्ग र दलभन्दा ठुलो देश हो, यो कण्ठ गर्नुहोस् चर्का नारा लाउने स्वर कृपया मन्द गर्नुहोस् आफ्नै आङ कन्याइ छारो उडाइ जग हँसाउने भयो हजुर भयो अब त यो खेल बन्द गर्नुहोस् ।

Nepal Telecom ad

खगेन्द्र गिरि ‘कोपिला’ :

१.
जति क्रान्ति गरे पनि दिसा गर्ने त खेतमै हो
आफ्नो घर बढारेर फोहोर थुपार्ने त गेटमै हो
हजार, लाखका लुगा लगाए पनि के गर्नु हजुर !
मासुको भोज खाएर हाड फलिने त कार्पेट मै हो ।

२.
तरबार फनफनी घुमिरहेछ अचेल कलमको शिरमा
भ्रष्टहरू कुर्सीमा पुगे अपराधीहरू मन्दिरमा
नारा, ढुङ्गामुडा र गालीभन्दा अरू केही जानेनौँ
सके यत्ति लेखिएको रहेछ कि नेपालको तक्दिरमा ।

३.
वर्ग र दलभन्दा ठुलो देश हो, यो कण्ठ गर्नुहोस्
चर्का नारा लाउने स्वर कृपया मन्द गर्नुहोस्
आफ्नै आङ कन्याइ छारो उडाइ जग हँसाउने
भयो हजुर भयो अब त यो खेल बन्द गर्नुहोस् ।

४.
हाम्रा बुद्धि, दिमाग र गिदीहरू बिके कौडीको मोलमा
हाम्रा रीति, थिति र विधिहरू बिके कौडीको मोलमा
नयाँ नेपाल बनाउने नारा केवल भित्तामै लेखियो
चुनेका हाम्रा प्रतिनिधिहरू बिके कौडीको मोलमा ।

०००
नेपालगञ्ज
‘कालध्वनि’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होला कि नहोला ?

होला कि नहोला ?

खगेन्द्र गिरि ‘कोपिला’
चार ठोक्तक

चार ठोक्तक

खगेन्द्र गिरि ‘कोपिला’
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x