टङ्कराज ढकाल ‘तितेपाती’घाँडो भयो मुलुकमा गणतन्त्र आज
बाँझा बने किन गरा सुनसान काज टाढा पुगे सुजन जो गलगाँड राज काँढा बने नयनका चलखेल खोज घाँडो भयो मुलुकमा गणतन्त्र आज।

टङ्कराज ढकाल तितेपाती :
उन्मादमा असुर छन् न त हुन्छ लाज
माग्छन् उनै प्रहरमा अनि घूष राज
निर्धक्क भै दमनमा चुप काम काज
घाँडो भयो मुलुकमा गणतन्त्र आज।१
बाँड्दै छ को अवनि यो भँडुवा समाज
चोर्दै छ को दलनले सतुवा रिवाज
बढ्दै गए कलहमा नमिलेर बाज
घाँडो भयो मुलुकमा गणतन्त्र आज।२
आक्रोश यो सतहमा लुटतन्त्र गाँज
चुत्थो भयो मनुज को छरपष्ट खोज
यी तस्करी कलुषका जडमूल रोज
घाँडो भयो मुलुकमा गणतन्त्र आज।३
औकात खै गणितको गुण भाग ओज
सौगात के कपटको हरठाउँ खोज
आकार के सलहको कुनतन्त्र रोज
घाँडो भयो मुलुकमा गणतन्त्र आज।४
बाँझा बने किन गरा सुनसान काज
टाढा पुगे सुजन जो गलगाँड राज
काँढा बने नयनका चलखेल खोज
घाँडो भयो मुलुकमा गणतन्त्र आज।५
सत्ता चढे कपुत यी दल दाश दाँज
चोरी गरे छ ढिकुटी लमतन्न चाँज
चासो कहाँ छ सुकुटी चटनी बिराज
घाँडो भयो मुलुकमा गणतन्त्र आज।६
०००
नवलपुर
Subscribe
Login
0 Comments
Oldest








































