साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

आमा भएको घर बन्छ स्वर्ग आमा बिना यो मन हुन्छ दिक्क खोजौं कहाँ यो सुख मातृ माया आमा गुमाएँ छ वियोग छायाँ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

धर्ती जस्ती ती आमा मेरी
धर्ती छाडिन् मौनी यी मौरी
पीडा भोगिन् कस्ता ती फेरी
माया बाँड्थिन् साँच्चै चौतारी।१

मेरो जन्म दियौ अनन्त ममता भुल्नै नसक्ने गरी
मेरो दृष्टि गयो कतै यदिभने सम्झाउँथ्यौ क्यै गरी
खानी हौ परिवारको छ महिमा देख्ने थियौ सुन्दरी
छाड्यौ कर्मधरा विभत्स गतिमा आकाशको भै चरी।२

पर्दा दुर्घटना तिमी समयमा देखेन कोही पनि
गाईवस्तु चराउने नियम जो एक्लै थियौ पावनि
काट्दै घाँस थियौ त भीरतिर नै लोट्यौ जहाँ मेटियौ
तिम्रो याद सधैं छ दुख्छ मुटु यो अल्पायुमा नै गयौ।३

जम्मा चालिसको उमेर तनको मातृत्व जो सुन्दर
लेखा मेट्न सकिन्न रे प्रकृतिको यो सम्झनाको भर
मेरो जीवन यो उजाड मरुझैं आमाबिनाको घर
के लेखौं कविता छ खिन्न मन यो आफै भएँ वञ्जर।४

ए मेरी जननी अभिन्न मनकी उल्लासकी रेवती
लाखौ लाख छ सम्झना मनभरी पोखेर रोऊँ कति
आएको छु यता निशेष हुन गै मानार्थ सञ्जीवनी
गाऊँ के कविता अवाक गतिले हिक्का छुटेको छ नी।५

आमा भएको घर बन्छ स्वर्ग
आमा बिना यो मन हुन्छ दिक्क
खोजौं कहाँ यो सुख मातृ माया
आमा गुमाएँ छ वियोग छायाँ।५

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
योजना छ के ?

योजना छ के ?

टङ्कराज ढकाल ‘तितेपाती’
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x