साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् वृद्धबेला सुखको निसान

सम्मान गर्ने सब हुन् जहान गाउन् प्रशंसा र गरुन् बखान ऊर्जा पलाओस् र बढोस् तरान होस् वृद्धबेला सुखको निसान॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

कोही त हुन् उत्तम देश हाँक्ने
उद्देश्य उम्दा लिन जून ताक्ने
जागोस् धरामा यिनकै कमान
होस् वृद्धबेला सुखको निसान॥१

सत्कर्म भारी यिनबाट होउन्
पर्ने यहाँका सब विघ्न फोउन्
हालून सबैले सुनकै सिरान
होस् वृद्धबेला सुखको निसान॥२

हुन् राम सीता अनि बुद्ध जस्ता
पार्ने उज्यालो सबतर्फ रस्ता
उत्थानकारी सुरझैँ प्रधान
होस् वृद्धबेला सुखको निसान॥३

आशा र इच्छा सब पूर्ण होउन्
छोराहरूले पनि पाउ धोउन्
पाउन् खुदाझैँ अति उच्च सान
होस् वृद्धबेला सुखको निसान॥४

सम्मान गर्ने सब हुन् जहान
गाउन् प्रशंसा र गरुन् बखान
ऊर्जा पलाओस् र बढोस् तरान
होस् वृद्धबेला सुखको निसान॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x