साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै पाका मान्छे

नहून् पापी घाती यस अवनिका पाका भुली आबरु सबै ज्ञानी दानी समरथ बनून् खाए नि सिस्नो करु खुराफाती गर्ने खल शठ नहून् दुष्कर्म दुर्नामका सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे” :

यिनैले भोगेका विविध घटना छन् दर्द खाई अति
गृहस्थीका पाका कुशल विजयी आफैँ बनी सारथी
तृषा छन् बोकेका प्रगति पथका उत्थानका यामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका॥१

नरोउन् चिन्ताले विचलित बनी आफू बिरामी बनी
पुगी छोरा छोरी पर मुलुकमा सम्वेदनाले खनी
लुकाउन् छातीको विरह र बनून् ती प्रेरणा आमका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका॥२

फिँजून् शिक्षा दीक्षा युवक युवती ती बालबच्चाकन
बनाउन् यो धर्ती सुख सयलको सम्पन्न वृन्दावन
स्वयम् आभा छाउन् अवनि बिचमा ती जूनका घामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका॥३

अँध्यारो त्यो चिर्ने अभिमत दिँदै छाउन् प्रभा बेसरी
सबैलाई बाँडून् अभिनव कला त्यो शैल चुम्ने गरी
बनून् साह्रै प्यारा रवि शशिसरी रोजै शरद् यामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका॥४

फिँजेका छन् धेरै गहन गरिमा पर्दा युवा जोसमा
सितारा नै छाउन् यस समयमा आई झनै होसमा
प्रशंसा मान्छेले हर पल गरून् राम्रा सबै कामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका॥५

नहून् पापी घाती यस अवनिका पाका भुली आबरु
सबै ज्ञानी दानी समरथ बनून् खाए नि सिस्नो करु
खुराफाती गर्ने खल शठ नहून् दुष्कर्म दुर्नामका
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
0
Would love your thoughts, please comment.x
()
x