साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरायौ हरायौ

न धर्ती सजायौ न आकाश जान्यौ उसैमाथि तातो खरानी खन्यायौ जसै जल्न थाल्यो छुरा यो धसायौ थसुल्ले फटाहा रहेछौ हरायौ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

छ निर्घात हिंसा कलेजो चपायौ
पराया कलोको नशामा रमायौ
कता लाश राख्यौ मलामी डढायौ
अरिङ्गाल नाङ्गा डरायौ हरायौ।१

कला सम्पदा ती मृतात्मा बनायौ
धुलौटो सिलौटो र जाँतो सुकायौ
जसै भ्यागुता यी नतारेर खायौ
गुलामी दशा यो गरायौ हरायौ।२

पराया कलोमा रमायौ बिरायौ
कता राष्ट्र गाथा सबै यो डढायौ
कतै लाग्छ पाप्रो दुखाई बढायौ
उभिण्डो कताको तिमी पो हरायौ।३

हतारो छ थाली कचौरा समायौ
सुरापान गर्दै अझै मात्न लायौ
र सङ्घीयताको खुराफात ल्यायौ
चनौटो फुटायौ डरायौ हरायौ।४

न आमा र बाबा खुशी पार्न आयौ
अस्वीकार गर्दै बिनायो बजायौ
लफङ्गो रडाको सदाचार खायौ
उटाटाप बन्दै करायौ हरायौ।५

जसै मूर्खतामा सिमाना मिचायौ
छ झर्को र फर्को तथानाम बोल्यौ
बिनाअर्थ भाँड्यौ कुसंस्कार घोल्यौ
जथानाम बक्दै गरायौ हरायौ।६

न धर्ती सजायौ न आकाश जान्यौ
उसैमाथि तातो खरानी खन्यायौ
जसै जल्न थाल्यो छुरा यो धसायौ
थसुल्ले फटाहा रहेछौ हरायौ।७

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
योजना छ के ?

योजना छ के ?

टङ्कराज ढकाल ‘तितेपाती’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x