साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै कुरा धनमाथि आश्रित

पैसा कमाऊ गर मोजमस्ती संसार लुट्दै बन लौ अगस्ति सम्पन्नशाली घरको प्रसस्ति भै हन्तकाली सरकार गस्ती।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

जहाँ छैन पैसा बिरानो छ नाता
उहीं हुन्छ हेला र होचो विधाता
दया मिल्न गाह्रो अचाक्ली छ माता
भयो भिन्नता जो न मामा न भ्राता।१

हतारो सबैको धनी बन्न पाऊँ
म खाऊँ अघाऊँ अरूको लुँड्याऊँ
जता जान्छु मेरो छ सम्मान ठाउँ
सबै भोग आफ्नै धुँवाधार भाउ।१

पैसाको खेती लालची हुन्छ कस्तो
चोरीको धन्दा फैसला दिन्छ जस्तो
मुर्दा भै अर्थी हास्छ आनन्द सस्तो
घोटाला द्रोही सभ्यता मान्छ यस्तो।२

मौकामा चौका हान आनन्द होला
दोहोलो काढ्दै जाल फालिन्छ होला
धर्तीका सारा रत्न बेचिन्छ खोला
सत्तामा पुग्ने चुस्त भ-याङ होला।३

जो मान्छे भोको माग्छ खाना र नाना
बुझ्ला को उस्को देहको त्यो खजाना
आशाको खेती गर्छ ऊ शून्य दाना
पीडा हो कस्तो बन्धकी लाग्छ ताना।४

पैसा बिनाको घरबार भिन्न
उत्साह मार्ने अवतार खिन्न
ठाडो उकालो छ प्रताप भोग्न
लाटो हुनेछौ पहिचान जान्न।५

पैसा कमाऊ गर मोजमस्ती
संसार लुट्दै बन लौ अगस्ति
सम्पन्नशाली घरको प्रसस्ति
भै हन्तकाली सरकार गस्ती।६

ए धुन्धुकारी हतियार धारी
सामन्तका छौ मतियारकारी
आमा रुवायौ घटिया चकारी
ग्वाम्मै हसुर्छौ सबथोक मारी।७

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
योजना छ के ?

योजना छ के ?

टङ्कराज ढकाल ‘तितेपाती’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x